राष्ट्रियसभाका दुई विषयगत समितिका सभापतिहरूले लिए शपथ
राष्ट्रियसभा अन्तर्गत संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गोल्जेन शेर्पा र विकास, आर्थिक मामिला तथा सुशासन समिति कमला पन्तलाई राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सपथ खुवाएका हुन्।---frame-at-0m41s-1710745925.jpg)
काठमाडौं, चैत ५ : राष्ट्रियसभाअन्तर्गत दुईवटा विषयगत समितिका सभापतिहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्।
राष्ट्रियसभा अन्तर्गत संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गोल्जेन शेर्पा र विकास, आर्थिक मामिला तथा सुशासन समिति कमला पन्तलाई राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सपथ खुवाएका हुन्।
दुई समितिको सभापतिमा एकमात्रै उम्मेदवारी परेपछि शेर्पा र पन्त निर्विरोध निर्वाचित भएका थिए। त्यसअघि सोमबार नै बसेको दुईवटा समिति बैठकले उनीहरुलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको थियो।
प्रकाशित मिति: १२:५८ बजे, सोमबार, चैत ५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












