Kathmandu Press

 सुन तस्कर र सहकारी ठगहरूलाई मन्त्री बनाएको भन्दै नेविसंघकाे विरोध प्रदर्शन

सोमबार नेविसंघ पशुपति क्याम्पस इकाइले सुन काण्ड र लामिछाने सहकारी काण्डमा मुछिएकाहरुलाई सरकारमा सामेल गरेको भन्दै विरोध प्रदर्शन गरेका हुन्।
 सुन तस्कर र सहकारी ठगहरूलाई मन्त्री बनाएको भन्दै नेविसंघकाे विरोध प्रदर्शन

काठमाडौं, चैत ५ : सुन तस्कर र सहकारी ठगहरुलाई मन्त्री बनाएको भन्दै नेपाल विद्यार्थी संंघ (नेविसंघ) ले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ।

सोमबार नेविसंघ पशुपति क्याम्पस इकाइले सुन काण्ड र लामिछाने सहकारी काण्डमा मुछिएकाहरुलाई सरकारमा सामेल गरेको भन्दै विरोध प्रदर्शन गरेका हुन्। सो क्रममा उनीहरुले अर्थमन्त्री वर्षमान पुन र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पुत्ला दहन गरेको छ।

मन्त्रीको पुत्ला दहन गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो। उनीहरुले पुन र सुनको सम्बन्ध सार्वजनिक गर, भ्रष्ट सरकार मुर्दाबाद, सुन तस्कर र सहकारी ठग गठबन्धन सरकार मुर्दावाद लगायत प्लेकार्ड प्रदर्शन गरेका थिए।

Hardik ivf

नेविसंघका केन्द्रीय सदस्य  दिपकजंग शाहीले अहिले सरकार जनताको नभएर ठगहरुको सरकार भएको आरोप लगाए। उनले सुन तस्करी र सहकारीहरुलाई बचाउने काम सरकारबाट भएको भन्दै निरन्तर विरोध गर्ने जिकिर गरे।

नेविसंघले विभिन्न प्रकरणमा मुछिएकालाई गृहमन्त्री र अर्थमन्त्रीका कारण अनुसन्धान प्रभावित हुने भएकाले बर्खास्त गर्न माग गरेको छ। 

nebisang-pardasan---frame-at-2m50s-1710745607.jpg

nebisang-pardasan---frame-at-1m26s-1710745606.jpg

nebisang-pardasan---frame-at-2m22s-1710745606.jpg

nebisang-pardasan---frame-at-0m38s-1710745605.jpg

प्रकाशित मिति: १२:५२ बजे, सोमबार, चैत ५, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्