Kathmandu Press

रेसुङ्गा विमानस्थलबाट आजदेखि सातामा तीन उडान

नेपाल एयरलाइन्सको १८ सिट क्षमताको जहाजले प्रत्येक साताको बुधबार र शुक्रबार विहान काठमाडौं–रेसुङ्गा–काठमाडौं उडान गर्दै आएको छ।
रेसुङ्गा विमानस्थलबाट आजदेखि सातामा तीन उडान

गुल्मी, चैत ५ : रेसुङ्गा विमानस्थलबाट आजदेखि सातामा तीन उडान हुने भएको छ।

यसअघि नेपाल एयरलाइन्सले बुधबार र शुक्रबार गरी दुई दिन उडान हुँदै आएकोमा अब सोमबार पनि सोही एयरलाइन्सले उडान भर्न लागेको रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले जानकारी दिए।

Hardik ivf

रेसुङ्गा नगरपालिकाका प्रमुख खिल्धवज पन्थीले यात्रुको चाप बढेकाले नेपाल एयरलाइन्ससँग समन्वयमा एक उडान थप गरिएको बताए। ‘यात्रुको चाप बढेपछि थप एक उडान सुरु गर्न लागिएको हो। आगामी दिनमा यात्रुको चापका आधारमा थप उडानबारे एयरलाइन्ससँग आवश्यक समन्वय गरिनेछ,’ उनले भने।

नेपाल एयरलाइन्सको १८ सिट क्षमताको जहाजले प्रत्येक साताको बुधबार र शुक्रबार विहान काठमाडौं–रेसुङ्गा–काठमाडौं उडान गर्दै आएको छ।

काठमाडौं–रेसुङ्गा लागि सात हजार दुई सय ८० र रेसुङ्गा–काठमाडौँ रुटको सात हजार ८० भाडादर निर्धारण गरिएको छ। रेसुंगा विमानस्थल सदरमुकाम तम्घासबाट पाँच किलोमिटरको दुरीमा पर्छ।

प्रकाशित मिति: १२:२२ बजे, सोमबार, चैत ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्