Kathmandu Press

जैविक विषादीको व्यवस्थापन र प्रयोग फाइदाजनक छ : मन्त्री शाह

‘जैविक विषादीहरुले परम्परागत रसायनिक विषादीहरुको लागि दिगो र वातावरण अनुकुल विकल्प प्रदान गर्दछ। दिगो कृषिलाई बढाउन र वातावरणको संरक्षण गर्ने हाम्रो प्रतिबद्धतासँग पनि यो मेल खान्छ।’
जैविक विषादीको व्यवस्थापन र प्रयोग फाइदाजनक छ : मन्त्री शाह

काठमाडौं, चैत ५ : कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वाला कुमारी शाहले जैविक विषादीहरुले परम्परागत रसायनिक विषादीहरुको दिगो र वातावरण अनुकुल विकल्प प्रदान गर्ने बताएकी छिन्।

सोमबार जैविक विषादीको व्यवस्थापन र प्रयोग सम्बन्धी कार्यशालाको उद्घाटन समारोहमा उनले जैविक विषादीहरुले परम्परागत रसायनको दिगो विकल्प प्रदान गर्ने भन्दै यस्तो कार्यले दिगो कृषि विकासलाई बढाउने र वातावरणको संरक्षण गर्ने बताइन्।

Hardik ivf

‘कार्यशालाको मुख्य उद्देश्य जैविक विषादीहरुको प्रभावकारी व्यवस्थापन र प्रयोगमा सहभागीहरुको ज्ञान र सिप अभिवृद्धि गर्नु हो,’ उनले भनिन्, ‘जैविक विषादीहरुले परम्परागत रसायनिक विषादीहरुको लागि दिगो र वातावरण अनुकुल विकल्प प्रदान गर्दछ। दिगो कृषिलाई बढाउन र वातावरणको संरक्षण गर्ने हाम्रो प्रतिबद्धतासँग पनि यो मेल खान्छ।’

यस्तो प्रयासले कृषिमा दिगो विकासको दिशामा महत्वपूर्ण कदम भएको भन्दै यसमा सहभागी सबैलाई धन्यवाद पनि प्रदान गरेकी छिन्।

‘यस्तो प्रयासले कृषिमा दिगो विकास र बाली संरक्षणको दिशामा महत्वपूर्ण कदम हो। यस महत्वपूर्ण कार्यशालाको लागि अनुसन्धानकर्ता र अभ्यासकर्ताहरुलाई एकै ठाउँमा भेला गर्ने सहयोगीहरुहरु धन्यवाद व्यक्त गर्न चहान्छु,’ उनले भने, ‘चीन सरकारलाई सहयोगको लागि पनि धन्यवाद दिन चहान्छु।’

जैविक विषादीहरुको प्रयोगलाई बढावा दिनु र किसानलाई तालिम दिनु जिम्मेवारी भएको भन्दै यसबाट कृषिलाई लचिलो बनाई वातावरण पनि रक्षा गर्न सक्ने उनको भनाई छ।

प्रकाशित मिति: १२:१६ बजे, सोमबार, चैत ५, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्