Kathmandu Press

म्याग्दीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

खोप्राबाट झरेका तीन जना पर्यटक लिन अन्नपूर्ण गाउँपालिका केन्द्र रहेको पोखरेबगरबाट पाउद्वार गाउँतर्फ जाँदै गरेको जिप आइतबार साँझ सडकदेखि करिब ५० मिटर तल खसेको हो।
म्याग्दीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

म्याग्दी, चैत ५ : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५, नेपानेमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। गाउँपालिकाको केन्द्र पोखरेबगरबाट पाउद्वार जाँदै गरेको ग१ज ७६५३ नम्बरको जीप दुर्घटना भएको हो।

खोप्राबाट झरेका तीन जना पर्यटक लिन अन्नपूर्ण गाउँपालिका केन्द्र रहेको पोखरेबगरबाट पाउद्वार गाउँतर्फ जाँदै गरेको जिप आइतबार साँझ सडकदेखि करिब ५० मिटर तल खसेको हो।

Hardik ivf

दुर्घटनामा अन्नपूर्ण गाउँपालिका–५, पाउद्वारमा बस्दै आएका चालक गणेश श्रेष्ठ र सोही ठाउँका लालबहादुर तिलिजाको मृत्यु भएको छ।

आइतबार साँझ नै पाउद्वार गाउँ पुग्नुपर्ने जिप रातिसम्म नपुगेपछि सोमबार बिहान खोजी गर्दा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो।

प्रकाशित मिति: ११:३७ बजे, सोमबार, चैत ५, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्