सुन तस्करी प्रकणमा माओवादी उपाध्यक्ष महरा पक्राउ
प्रहरीले पूर्वसभामुख समेत रहेका महरालाई कपिलवस्तुबाट पक्राउ गरेको हो। उनलाई काठमाडौं ल्याइँदैछ।
काठमाडौं, चैत ५ : भेपमार्फत सुन तस्करी प्रकणमा जोडिएका सत्तारुढ दल नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन्।
प्रहरीले पूर्वसभामुख समेत रहेका महरालाई कपिलवस्तुबाट पक्राउ गरेको हो। उनलाई काठमाडौं ल्याइँदैछ।
सुन तस्करीको जाँचबुझ गर्न गठित आयोगले बुझाएको प्रतिवेदनअनुसार आरोपितहरूलाई कारबाही गर्न उपप्रधान गृहमन्त्री लामिछानेले प्रहरीको सीआईबीलाई निर्देशन दिएका थिए।
गृहमन्त्रीको निर्देशन लगत्तै प्रहरीले महरालाई पक्राउ गरेको हो।
साउन २ मा ब्रेक सुमा लुकाएर ल्याइएको ६१ किलो र २०७९ पुसमा विद्युतीय चुरोट (भेप)मा ल्याइएको ९ किलो सुन तस्करीमा पूर्वसभामुख तथा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा, छोरा राहुल, पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुन र परराष्ट्रविज्ञ जीवन गुरुङसहित मुछिएका थिए।
यो प्रकणमा महराका छोरा राहुल, दीपेश र जीवन यसअघि नै पक्राउ परिसकेका छन्।












