Kathmandu Press

विभाजित एनआरएनएलाई मिलाउन पहल गर्छु : परराष्ट्रमन्त्री श्रेष्ठ

आइतबार गैरआवासीय नेपाली संघ (एनआरएनए) का एकपक्षका अध्यक्ष राजेन्द्र कुमार शर्मासहित पदाधिकारीहरुसँगको भेटमा पराष्ट्रमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।
विभाजित एनआरएनएलाई मिलाउन पहल गर्छु : परराष्ट्रमन्त्री श्रेष्ठ
Hardik ivf

काठमाडौं, चैत ५ : उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विभाजित एनआरएनएलाई मिलाउन पहल गर्ने बताएका छन् । उनले एनआरएनए एकजुट नहुँदासम्म लक्ष्य पूरा हुन नसक्ने भन्दै सोहीअनुसार गम्भीर हुन समेत आग्रह गरे । 

आइतबार गैरआवासीय नेपाली संघ (एनआरएनए) का एकपक्षका अध्यक्ष राजेन्द्र कुमार शर्मासहित पदाधिकारीहरुसँगको भेटमा पराष्ट्रमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । काठमाडौं महाधिवेशनबाट शर्मा अध्यक्ष निर्वाचित भएपनि त्यो महाधिवेशन नै विवादित छ । त्यसबारे छानविन गर्न बनेको समितिले रिपोर्ट समेत सरकारलाई दिइसकेको छ । 

अध्यक्ष शर्मासहितको टोलीले आफूहरु महाधिवेशनबाट निर्वाचित भएपनि विवादित बनाइएको भन्दै सरकारले न्याय दिनुपर्ने माग गरेका थियो । उनीहरूले रसियामा अलपत्र परेका नेपालीलाई उद्धार गर्न आग्रह गरेका छन् भने मध्यपूर्व र विश्भरका गैरआवासीय नेपालीको मुद्दामा मन्त्रालयकोतर्फबाट पहलकदमी लिइदिन समेत अनुरोध गरेका छन् । 
 

प्रकाशित मिति: ०८:०२ बजे, सोमबार, चैत ५, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्