Kathmandu Press

तेह्रथुममा आगलागीबाट १६ घर जले

गाउँका ५ वटा बस्ती जलाई सकेको आगो अन्य बस्तीतर्फ सल्किएको बताइएको छ। पानी नभएका कारण निभाउन समस्या भएको स्थानीयको भनाइ छ।
तेह्रथुममा आगलागीबाट १६ घर जले

तेह्रथुम, चैत ४ : फेदाप गाउँपालिका-१ सिम्लेमा आइतबार अपरान्हदेखि सुरु भएको आगलागीमा परी ५ वटा बस्तीका १६ घर जलेका छन्।

गाउँको पुछारमा वनमा अपरान्ह १ बजे अचानक सुरु भएको आगो वनसँगै जोडिएका बस्तीमा सल्किएको छ। आगलागीका कारण अहिलेसम्म १६ वटा घर जलेको वडाध्यक्ष मनबहादुर श्रेष्ठले जानकारी दिए।

Hardik ivf

आगलागीमा परी सिम्लेका रातमाटे, बाँझीगरा, टाहारी, अम्फुवा र मयन्तपा गाउँ जलेका हुन्। बस्तीमा अहिले पनि आगो लागिरहेको छ।

आगो नियन्त्रणका लागि सदरमुकाम म्याङलुङबाट जनपथ र शसस्त्र प्रहरी पुगेको छ। स्थानीय र प्रहरीले संयुक्त रुपमा आगो नियन्त्रणको प्रयास गरिरहेका छन्।

५ वटा बस्ती जलाई सकेको आगो अन्य बस्तीतर्फ सल्किएको बताइएको छ। पानी नभएका कारण निभाउन समस्या भएको स्थानीयको भनाइ छ।

प्रकाशित मिति: १९:२५ बजे, आइतबार, चैत ४, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्