Kathmandu Press

इलाम २मा एमालेले गर्‍यो सुहाङसहित ६ जनाको नाम सिफिारिस

पार्टी इलाम जिल्ला कमिटीको आज बसेको सचिवालय बैठकले दिवंगत सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङसहित ६ जनाको नाम सिफारिस गरेको हो।
इलाम २मा एमालेले गर्‍यो सुहाङसहित ६ जनाको नाम सिफिारिस

इलाम, चैत ४ : वैशाख १५ गते हुने इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि नेकपा एमालेले ६ जनाको नाम केन्द्रमा सिफारिस गरेको छ। उम्मेद्वारका लागि सहमति जुटाउन प्रयास गरे पनि सफल नभएपछि निवेदन दिएका सबैको नाम सिफारिस गरिएको हो ।

पार्टी इलाम जिल्ला कमिटीको आज बसेको सचिवालय बैठकले दिवंगत सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङसहित ६ जनाको नाम सिफारिस गरेको हो।

Hardik ivf

पार्टीको केन्द्रीय कमिटीले एक महिलासहित ३ जनाको नाम सिफारिस गर्न भने पनि सहमति जुट्न नसक्दा ६ जनाकै नाम केन्द्रमा पठाइएको सचिव उमेश गुरुङले बताए।

पार्टी जिल्ला कमिटीले नेम्वाङ, नरेन्द्र भट्टराई, देवी क्षेत्री दुलाल, रवीन्द्र सुवेदी, बुद्धि खनाल र रिपल राईको नाम सिफारिस गरेको हो।

सकेसम्म सहमति जुटाएर पठाउने तयारी गरी उम्मेदवार बन्ने इच्छा राखेर निवेदन दिएका सबैलाई राखेर छलफल गरिए पनि सहमति जुट्न सकेन। कसैले पनि आफ्नो निवेदन फिर्ता लिन नचाहेको गुरुङले बताए।

अब पार्टीको केन्द्रीय कमिटीले नै ती ६ जनामध्येबाट उम्मेदवारको टुंगो लगाउने उनले जानकारी दिए।

 

प्रकाशित मिति: १८:५८ बजे, आइतबार, चैत ४, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्