Kathmandu Press

टेलिकमका अधिकृत सिटौलाविरुद्ध १ करोड ६१ लाखको भ्रष्टाचार अभियोग

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिटौलामाथि कारबाहीको माग गर्दै आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। सिटौलाले गैरकानुनी व्यापार व्यवसाय गरी भ्रष्टाचार गरेको ठहरसहित अख्तियारले अदालतमा मुद्दा दायर गरेको हो।
टेलिकमका अधिकृत सिटौलाविरुद्ध १ करोड ६१ लाखको भ्रष्टाचार अभियोग

काठमाडौं, चैत ४ : नेपाल टेलिकमका प्राविधिक अधिकृत निर्मलप्रसाद सिटौलाविरुद्ध १ करोड ६१ लाख २० हजार रुपैयाँ भ्रष्टाचारको बिगो कायम गर्दै मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिटौलामाथि कारबाहीको माग गर्दै आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। सिटौलाले गैरकानुनी व्यापार व्यवसाय गरी भ्रष्टाचार गरेको ठहरसहित अख्तियारले अदालतमा मुद्दा दायर गरेको हो।

Hardik ivf

नेपाल टेलिकममा स्थायी इन्जिनियर रहेका सिटौलाले कार्यालयमा हाजिर गर्नुका साथै छुट्टै हिमडुङ एन्ड थोकर कन्ट्रक्सन् कम्पनीमा समेत एकै समय काम गरी व्यापार व्यवसाय गरेको उजुरीका आधारमा छानविनपछि मुद्दा दायर गरिएको हो।

सिटौलाले सूर्यविनायक–धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनामा ठेक्का लिई प्रतिनिधिको रूपमा हस्ताक्षर समेत गरी भ्रष्टाचार गरेको आरोप समेत थियो । अभियोगपत्रमा सिटौलाले कानुनी प्रावधानविपरीत नेपाल टेलिकमको विनास्वीकृति निजी कम्पनी हिमडुङ एन्ड थोकर कन्ट्रक्सन् कम्पनीको सेयर खरिद गरी संस्थापक सेयरधनी बनेको दाबी अख्तियारले गरेको छ।

अख्तियारले जनाए अनुसार सिटौलाले उक्त कम्पनीमा निर्देशकको हैसियतमा आर्थिक वर्ष २०६९÷७० देखि काम गरिरहेको, पारिश्रमिकवापत रकम बुझेको तथा विभिन्न ठेक्कापट्टा समेतमा सामेल भई हिमडुङ एन्ड थोकर कन्ट्रक्सन् कम्पनीबाट ४५ लाख १७ हजार पाँच सय रुपैयाँ, पारिश्रमिक तथा कम्पनीको रिजर्भमा रहेको मुनाफाबाट प्राप्त आय एक करोड १६ लाख दुई हजार पाँच सय चार रुपैयाँ समेत गरी जम्मा एक करोड ६१ लाख २० हजार चार रुपैयाँ गैरकानुनी आर्जन गरेको भेटिएको छ।

उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुरुप भ्रष्टाचारको विगो असुल, विगो वमोजिम जरिवाना र जेल सजाय गर्न माग गरिएको छ।

प्रकाशित मिति: १८:१२ बजे, आइतबार, चैत ४, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्