Kathmandu Press

दीपेश पुनलाई ८ दिन थुनामा राख्न अदालतको अनुमति

पुनलाई प्रहरीले आइतबार रुपन्देही जिल्ला अदालतमा म्याद थपका लागि पेस गरेको थियो बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा मुछिएका पुनलाई शुक्रबार काठमाडौंबाट  बुटवल ल्याइएको थियो।
दीपेश पुनलाई ८ दिन थुनामा राख्न अदालतको अनुमति

बुटबल, चैत ४ : रुपन्देही जिल्ला अदालतले सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका दीपेश पुनलाई ८ दिन हिरासतमा राख्न अनुमति दिएको छ। 

पुनलाई प्रहरीले आइतबार रुपन्देही जिल्ला अदालतमा म्याद थपका लागि पेस गरेको थियो बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा मुछिएका पुनलाई शुक्रबार काठमाडौंबाट  बुटवल ल्याइएको थियो।

Hardik ivf

पुनमाथि सुप्रिम सहकारीको ७८ करोड रकम अपचलन गरेको आरोप छ। यसअघि सोही सहकारीका अध्यक्ष ओम गुरुङ र भैरहवाका शाखाकी प्रमुख दुर्गा चापागाईँलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। उक्त सहकारीको रकम हिनामिनामा मुख्य आरोपित जीवी राई भने फरार छन्। 

पुन उक्त सहकारीका संस्थापक सचिव थिए। सचिव रहेका बेला  सहकारीमा बचतकर्ताहरूले जम्मा गरेको रकम हिनामिना गरेको उजुरी परेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो। सो सहकारीबाट विभिन्न पाँच वटा कम्पनीलाई ७८ करोड ५० लाख ७६ हजार ६६५ रुपैयाँ ऋण प्रवाह भएको अनुसन्धानबाट देखिएको छ। अदालतको अनुमतीपछि पुनलाई अब प्रहरीले थुनामै राखेर छानविन गर्ने बाटो खुलेको छ। 

प्रकाशित मिति: १७:२८ बजे, आइतबार, चैत ४, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्