Kathmandu Press

राप्रपा नेता श्रेष्ठमाथि कुटपिट प्रकरणमा तीनजनामाथि निलम्बनको कारबाही

पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक चलिरहेका बेला गत फागुन २७ गते श्रेष्ठमाथि कुटपिट भएको थियो।
राप्रपा नेता श्रेष्ठमाथि कुटपिट प्रकरणमा तीनजनामाथि निलम्बनको कारबाही

काठमाडौं, चैत ४ : राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यालयमा केन्द्रीय कार्यसम्पादन समितिका सदस्य डा. ठाकुरमोहन श्रेष्ठमाथि भएको कुटपिट प्रकरणमा तीनजनालाई निलम्बनको कारबाही गरिएको छ। 

पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक चलिरहेका बेला गत फागुन २७ गते श्रेष्ठमाथि कुटपिट भएको थियो।

Hardik ivf

घटनामा संलग्नताको आरोपमा राप्रपाका उपाध्यक्ष रहेका विक्रम पाण्डेका सहयोगी सहित तीनजनालाई ४ वर्षका लागि निलम्बन गरिएको हो।

उक्त प्रकरणमा मुछिएका पार्टीका सहायक महामन्त्री प्रेम बलायर, राप्रपा काठमाडौं क्षेत्र नं, ४ का क्षेत्रीय अध्यक्ष रिद्धीप्रताप राणा र राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका सदस्य सचिव निराजन बमलाई निलम्बन गरिएको राप्रपाले जनाएको छ। 

नेता श्रेष्ठले राप्रपा उपाध्यक्ष पाण्डेलाई ‘भ्रष्टाचारी’ को आरोप लगाएपछि पार्टी कार्यालयमै कुटपिटको घटना भएको थियो। केन्द्रीय अनुशासन समितिको सिफारिस बमोजिम निलम्वनको निर्णय गरिएको जनाइएको छ।  
 

प्रकाशित मिति: १७:१३ बजे, आइतबार, चैत ४, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्