Kathmandu Press

शालीन मृत्यु प्रकरण : तीन जनाविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा

प्रिन्सिपल देवकोटासँगै भाइस प्रिन्सिपल किरणबहादुर अधिकारी र होस्टलका वार्डेन कमल पौडेलविरुद्ध आत्महत्या दुरुत्साहमा मुद्दा दर्ता भएको छ।
शालीन मृत्यु प्रकरण : तीन जनाविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा

चितवन, चैत ४ : चितवनस्थित एकता शिशु निकेतनको होस्टेलमा मृत भेटिएकी शालीन पोखरेलको घटना प्रकरणमा विद्यालयका प्रिन्सिपल बालहरि देवकोटासहित तीनजना विरुद्ध आत्महत्या दुरुत्साहनमा मुद्दा दर्ता भएको छ।

प्रिन्सिपल देवकोटासँगै भाइस प्रिन्सिपल किरणबहादुर अधिकारी र होस्टलका वार्डेन कमल पौडेलविरुद्ध आत्महत्या दुरुत्साहमा मुद्दा दर्ता भएको छ।

Hardik ivf

जिल्ला प्रहरी कार्यालयको प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले चितवन जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।

गत फागुन १२ गते १४ बर्षिय शालीन पूर्वी चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतन होस्टलमा मृत भेटिएकी थिइन्। शालीनले आत्महत्या गरेको सुसाइड नोट प्रहरीले फेला पारेको थियो। 
 
प्रकाशित मिति: १७:०६ बजे, आइतबार, चैत ४, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्