Kathmandu Press

संसदमा कांग्रेसको विरोध सत्ता छाड्दाको छटपटाहट मात्रै : महेशकुमार बर्तौला

आइतबार संसद भवन बानेश्वरमा संचारकर्मीसँग कुरा गर्दै बर्तौलाले सरकार छाड्नुपर्दाको पिडा कांग्रेसले संसदमा देखाएको बताएका हुन्।
संसदमा कांग्रेसको विरोध सत्ता छाड्दाको छटपटाहट मात्रै : महेशकुमार बर्तौला

काठमाडाैं, चैत ४ : नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले संसदमा कांग्रेसले गरेको विरोध सत्ता छाड्दाको छटपटाहट मात्रै भएको बताएका छन्।

आइतबार संसद भवन बानेश्वरमा संचारकर्मीसँग कुरा गर्दै बर्तौलाले सरकार छाड्नुपर्दाको पिडा कांग्रेसले संसदमा देखाएको बताएका हुन्।

Hardik ivf

उनले पुनगर्ठित सरकारलाई केही समय काम गर्न दिनुपर्ने बताए। त्यस्तै बर्तौलाले सुन तस्करी छानबिन प्रतिवेदनका आधारमा दोषीलाई कारवाही हुनुपर्ने र प्रतिवेदनले उजागर गरेका विषय सार्वजनिक गर्नुपर्ने धारणा राखे।

सरकारले प्रतिवेदनलाई पूर्ण रुपमा कारबाही गर्ने निर्णय नै गरिसकेको अवस्थामा कोही पनि दोषी उम्कने गुञ्जायस नरहेको उनले बताए।

उनले प्रतिवेदनको पूर्ण कार्यान्वयन नभएसम्म सरकारलाई झक्झकाउने काम एमालेले गर्ने उल्लेख गरे। 

प्रकाशित मिति: १६:५९ बजे, आइतबार, चैत ४, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्