Kathmandu Press

‘महिन्द्रराय यादव समूहले माओवादीसँग गरेको एकता पार्टीको नीतिविपरीत’

पार्टी कार्यालय तीनकुनेमा बसेको नेसपाको केन्द्रीय कार्यकार्यकारिणी बैठकले पार्टीको नीति बिपरित स्वार्थका आधारमा केहि नेताहरुले माओवादीसंग पार्टी एकता गरेको भन्दै त्यसको कुनै मान्यता नहुने निर्णय गरेको हो।
‘महिन्द्रराय यादव समूहले माओवादीसँग गरेको एकता पार्टीको नीतिविपरीत’

काठमाडाैं, चैत ४ : नेपाल समाजवादी पार्टीको डा. बाबुराम भट्टराई पक्षले महिन्द्रराय यादव समूहले माओवादीसँग गरेको एकता पार्टीको नीति बिपरित भएकाले पार्टीले मान्यता नदिने निर्णय गरेको छ।

पार्टी कार्यालय तीनकुनेमा बसेको नेसपाको केन्द्रीय कार्यकार्यकारिणी बैठकले पार्टीको नीति बिपरित स्वार्थका आधारमा केहि नेताहरुले माओवादीसंग पार्टी एकता गरेको भन्दै त्यसको कुनै मान्यता नहुने निर्णय गरेको हो। नेसपालाई संगठनात्मक रुपमा देखिएका समस्या समाधान गर्दै पुनर्जिवित गर्ने विषयमा पार्टी गम्भीर रहेको कार्यकारिणी सदस्य कृष्ण शर्माले बताए।

Hardik ivf

अनुशासनलाई तोडेर सत्ता समिकरणको खेलमा अमूक स्वार्थ पूरा गर्ने ध्येयका साथ पार्टीका केही नेताले गरेको क्रियाकलाप स्वीकार्य नहुने उनको भनाइ छ। शर्माले कार्यकारिणी समिति बैठकमा आफुहरुसंग बहुमत रहेको दाबी गरे।

उनले देशको अग्रगमनका लागि कार्ययोजनासहित अघि बढ्ने भन्दै सोमबार बस्ने केन्द्रीय समिति बैठकले आवश्यक निर्णय गर्ने बताए। 

प्रकाशित मिति: १६:५२ बजे, आइतबार, चैत ४, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्