Kathmandu Press

चार सय रुख कटान गरिएको अभियोगमा वन अधिकृतसहित २४ जनामाथि मुद्दा 

व्यक्तिलाई लाभ हुने गरी विभिन्न जातका चार सय छ वटा रुख कटान गरेको अभियोगसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
चार सय रुख कटान गरिएको अभियोगमा वन अधिकृतसहित २४ जनामाथि मुद्दा 

काठमाडौं, चैत ४ : महोत्तरीको जलेश्वरस्थित डिभिजन वन कार्यालयका तत्कालीन डिभिजनल वन अधिकृत हेमन्त प्रसाद साहसहित २४ जनाविरुद्ध सार्वजनिक सम्पत्ति हिनामिनाको अभियोगमा मुद्दा दायर भएको छ।

व्यक्तिलाई लाभ हुने गरी विभिन्न जातका चार सय छ वटा रुख कटान गरेको अभियोगसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। व्यक्तिलाई लाभ हुने गरी रुख कटान गर्दा ११ लाख ९६ हजार ६९५ रुपियाँ बराबरको सरकारी सम्पत्ति हानिनोक्सानी भएको पुष्टि भएको अख्तियारले जनाएको छ। 

Hardik ivf

अख्यिारले डिभिजनल वन अधिकृत साहसहित तत्कालीन सहायक वन अधिकृत बेचन ठाकुर, सव–डिभिजन वन कार्यालय बर्दिवास, महोत्तरीका तत्कालीन सहायक वन अधिकृत लक्ष्मणप्रसाद यादव, फरेष्टर सन्तोष साह, वन रक्षक राज किशोर झा, अजय कुमार यादव, राकेश कुमार यादव, नारायण ढुंगेल, दिलिप महतो, नापी कार्यालय, बर्दिबासका तत्कालीन अमिन राम दरश राउत, मालपोत कार्यालयका तत्कालीन नायब सुब्बा ओम प्रकाश खड्का र बर्दिबास नगरपालिका वडा नम्बर १ का तत्कालीन वडा सदस्य शान्ता देवी श्रेष्ठविरुद्ध कारबाहीको मागसहित भ्रष्टाचार मुद्दा दायर भएको हो। 

यी प्रतिबादीसँगै बर्दिबास नगरपालिका १ का तत्कालीन वडाअध्यक्ष चूडामणी पोखरेल, रम्तेल डाँडा सामुदायिक वन उपभोक्ता समितिका तत्कालीन अध्यक्ष शेरबहादुर राउत, तत्कालीन उपाध्यक्ष उमादेवी बुढाथोकी, कोषाध्यक्ष प्रेमबहादुर थापा, सचिव धनकुमारी मगर, तत्कालीन सदस्य उर्मिला थापा मगर र पूर्ण बहादुर सुस्लिङविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ सजाय गर्न मागदाबी लिइएको छ। 

अभियोगपत्रमा जग्गाधनीद्वय लीलामणी आचार्य र कृष्णप्रसाद गौतम, वनका उपभोक्ता एमबहादुर थापा मगर र नन्दमाया खनाल भनिने नन्दमाया क्षेत्री, सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नम्बर ४ का रुख कटा गर्ने ठेकेदार सन्दिप नेपालीलाई पनि अख्तियारले कारबाही गर्न माग गरेको छ। 
 

प्रकाशित मिति: १६:०३ बजे, आइतबार, चैत ४, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्