Kathmandu Press

संविधान संशोधन आवश्यक : नेत्री सङ्ग्रौला

आज महोत्तरीको बर्दिवासमा नेपाली कांग्रेस बर्दिवास नगर समितिले आयोजना गरेको पत्रकार भेटघाटमा उनले निर्वाचनमा बढेको विकृति अन्त्यका लागि निर्वाचन प्रणालीमा तत्काल सुधारका लागि संविधान संशोधनको आवश्यकता औँल्याइन्। 
संविधान संशोधन आवश्यक : नेत्री सङ्ग्रौला

महोत्तरी, चैत ४ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डिला सङ्ग्रौलाले वर्तमान निर्वाचन प्रणालीमा सुधार जरुरी भएको धारणा राखेकी छन्।

आज महोत्तरीको बर्दिवासमा नेपाली कांग्रेस बर्दिवास नगर समितिले आयोजना गरेको पत्रकार भेटघाटमा उनले निर्वाचनमा बढेको विकृति अन्त्यका लागि निर्वाचन प्रणालीमा तत्काल सुधारका लागि संविधान संशोधनको आवश्यकता औँल्याइन्। 

Hardik ivf

अहिलेको निर्वाचन प्रणालीले स्थायी सरकार दिन नसक्ने भन्दै उनले  चुनावमा बढेको विकृति निस्तेज गर्न र प्रतिस्पर्धालाई विचार र निष्ठासँग बाँध्न अपर्याप्त देखिएको हुँदा यसमा संशोधनको आवश्यकता रहेको उल्लेख गरिन्। 
नेपाली कांग्रेसमा निर्वाचन प्रणाली सुधार र शासकीयस्वरुपलगायतका विषयमा बहस सुरु भएको सङ्ग्रौलाले बताइन्।

राजनीतिक दलहरुले भ्रष्टाचार अन्त्य र सुशासन प्रवर्धनका कुरा गरे पनि यसलाई कार्यान्वयन गर्नेतिर सुदृढ इच्छाशक्ति देखाउन नसकेका उनको भनाइ थियो। पछिल्ला केही वर्षयता सरकार बन्ने, ढल्ने अस्थिर प्रक्रियाले जनतामा झन् बढी निराशा बढेको उनले उल्लेख गरिन्। मुलुकमा बढेको अस्थिरताको सम्बोधन नेपाली कांग्रेसले मात्र गर्नसक्ने उनको दाबी छ ।

सङ्ग्रौलाले भनिन्, 'हामी यो पद्धतिलाई आत्मसात् गरेर  मुलुकको समृद्धि र सुदृढ सरकार दिन अघि बढेका छौँ।' आगामी निर्वाचनमा जनताको साथले कांग्रेस यो अभिभारा पूरा गर्ने जिम्मेवारीसाथ सङ्गठन सुदृढीकरणमा लागेको उनको भनाइ छ ।

प्रकाशित मिति: १५:०५ बजे, आइतबार, चैत ४, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्