Kathmandu Press

आगलागीबाट तीन घर जलेर नष्ट

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार शनिबार नवउदय सामुदायिक वनमा लागेको आगो नजिकैको गाउँमा हावाहुरीले ल्याएपछि भोर्लेनीका गाउन राई, मनकुमारी राई, जगतबहादुर राई, मदन राई, गोविन्द नेपाली र रामबहादुर राईको तीन घर र तीन गोठ जलेर नष्ट भएको छ।
आगलागीबाट तीन घर जलेर नष्ट

उदयपुर, चैत ४ : उदयपुरको मध्यपहाडी क्षेत्रको रौतामाई गाउँपालिका–३ भोर्लेनीको नवउदय सामुदायिक वनमा शनिबार आगलागी भएको थियो। उक्त आगो भोर्लेनी गाउँमा प्रवेश गर्दा तीन घर र तीन गोठ जलेर नष्ट भएका छन्।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार शनिबार नवउदय सामुदायिक वनमा लागेको आगो नजिकैको गाउँमा हावाहुरीले ल्याएपछि भोर्लेनीका गाउन राई, मनकुमारी राई, जगतबहादुर राई, मदन राई, गोविन्द नेपाली र रामबहादुर राईको तीन घर र तीन गोठ जलेर नष्ट भएको छ।

Hardik ivf

आगलागीका कारण घरमा भएका सबै अन्न, लत्ताकपडा र नगदसहित सुनचाँदी सबै जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले जानकारी दिनुभयो। उहाँका अनुसार आगलागीबाट करिब रू ४६ लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

सामुदायिक वनको आगो गाउँमा प्रवेश गरेपछि प्रहरीको टोली र स्थानीयवासी मिलेर शनिबार रातिसम्ममा आगो नियन्त्रणमा लिइएको प्रनाउ चौधरीले बताउनुभयो। 

प्रकाशित मिति: १४:५५ बजे, आइतबार, चैत ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्