Kathmandu Press

भट्टराई पक्षीय नेसपाकाे केन्द्रीय कार्यकारिणी समिति बैठक सुरु

नेसपाका २४ जना कार्यकारिणी सदस्यमध्ये १८ जना बैठकमा सहभागी रहेकाे जनाइएको छ।
भट्टराई पक्षीय नेसपाकाे केन्द्रीय कार्यकारिणी समिति बैठक सुरु

काठमाडौं, चैत ४ : विभाजनको डिलमा रहेको नेपाल समाजवादी पार्टी (नेसपा) को केन्द्रीय कार्यकारिणी समिति बैठक केन्द्रीय कार्यालय तीनकुनेमा सुरु भएको छ। 

नेसपाका २४ जना कार्यकारिणी सदस्यमध्ये १८ जना बैठकमा सहभागी रहेकाे जनाइएको छ। थप तीन जना सदस्य काठमाडौं बाहिरबाट आउँदै गरेको दाबी उक्त पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई पक्षको छ।

Hardik ivf

बैठकमा पार्टीको आन्तरिक अवस्था, समसामयिक राजनीतिक घटनाक्रमलगायत बिषयमा छलफल हुने बताइएको छ। नेसपाका अर्का अध्यक्ष महिन्द्र राय यादव पक्षले भने बैठक बहिष्कार गरेका छन्। यादव पक्षले बैठकबारे आफूहरूलाई थाहा नदिएको बताएको छ। 

शनिबार मात्रै यादव पक्षले नेकपा माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेको थियो। बैठकले यादवलगायतका नेथामाथि कारबाही गर्ने निर्णय लिने समेत जनाइएको छ। 
 

प्रकाशित मिति: १४:०९ बजे, आइतबार, चैत ४, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्