Kathmandu Press

पोखराका व्यावसायीले प्रधानमन्त्रीसमक्ष राखे आठ बुँदे माग

पोखरालाई पर्यटकीय राजधानी शहरको रुपमा घोषणा गर्न आइतबार पोखरा पुगेका प्रधानमन्त्री दाहालसँग परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठसहितले भेटेर ध्यानाकर्षणपत्र बुझाउँदै विभिन्न आठबुँदे माग दाहालसामु राखेका हुन्। 
पोखराका व्यावसायीले प्रधानमन्त्रीसमक्ष राखे आठ बुँदे माग

काठमाडौं, चैत ४ : पोखरा पर्यटन परिषद्ले प्रधानमन्त्री पुष्पकमल दाहालसँग पोखरा मुग्लिङ्ग सडक खण्डको निर्माण कार्य तोकिएकै समयमा सम्पन्न गराई पोखरा–सुनौली राजमार्गको स्तरोन्ती गर्न माग गरेको छ। 

पोखरालाई पर्यटकीय राजधानी शहरको रुपमा घोषणा गर्न आइतबार पोखरा पुगेका प्रधानमन्त्री दाहालसँग परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठसहितले भेटेर ध्यानाकर्षणपत्र बुझाउँदै विभिन्न आठबुँदे माग दाहालसामु राखेका हुन्। 

Hardik ivf

पर्यटन बोर्डको पुनःसंरचनासहित हाल रिक्त कार्यकारी बोर्ड सदस्यमा संस्थागत साथै पोखराको प्रतिनिधित्व सुनिश्चित गर्नेगरी प्रक्रिया अगाडि बढाउनुपर्ने, पोखरा अन्तराष्ट्रिय एयरपोर्टबाट अन्तर्राष्ट्रिय उडानका लागि नेपाल एयरलाइन्सबाटै सुरु गरी अन्य एयरलाइन्सलाई पनि सुविधा सहिततको प्याकेज दिई प्रोत्साहन गर्नुपर्ने माग परिषद्ले राखेको छ। 

यस्तै, पोखरा–मुग्लिङ्ग सडक खण्डको निर्माण कार्य समयमै सकी पोखरा–सुनौली राजमार्गको स्तरोन्ती गरिनुपर्ने, व्यवसायिक कर्जाको समायावधी अधिकतम हुनुपर्ने तथा पर्यटन क्षेत्रमा बैंक तथा बित्तीय संस्थाले अनिवार्य लगानी गर्नुपर्ने, यथासिघ्र नेपाल नागरीक उड्डयन प्रधिकरणलाई पोखरा, धरान र अन्य सम्भाव्य स्थानमा समेत स्थायी सोलो प्याराग्लाइडिङ उडान खुलाउने अनुमतिका लागि निर्देशन दिई सहजीकरण गरिनुपर्ने लगायतका विभिन्न मागहरु समावेश छन् । 

साथै, मुस्ताङ्ग–डोल्पा, पोखरा–भिमाद–काबासोती, नारायणगढ.–बुटवल सडकको निर्माण सम्पन्न गरी पोखराबाट समदुरीमा रहेको त्रिवेणी कोरोला नाकालाई त्रिदेशीय व्यापारीक केन्द्रका रुपमा प्रवद्र्धन गरी पोखरालाई अन्तराष्ट्रिय पर्यटन र व्यापारीक केन्द्रको रुपमा विकसित गर्न माग गरेको परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बुझाएको माग पत्रमा उल्लेख छ । 

अर्थतन्त्रमा आएको शिथिलताका कारण पर्यटन व्यवसायमा पनि असर परेको,रोजगारी घटेको र बैंकको ऋण तिर्न नसक्दा मनोवैज्ञानिक त्रासमा आफूहरु रहेको उल्लेख गरेका व्यवसायिहरुले ६ खर्ब भन्दा बढी नीजि क्षेत्रबाट लगानी रहेको पोखराको प्रतिनिधित्व नेपाल पर्यटन वोर्डमा हुनुपर्ने जोडदार माग राखेका छन् । 

प्रकाशित मिति: १३:५१ बजे, आइतबार, चैत ४, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्