Kathmandu Press

प्रधानमन्त्रीद्वारा पोखरालाई पर्यटकीय राजधानी घोषणा

फेवाताल छेउको बाराहीघाटमा आज आयोजित समारोहमा प्रधानमन्त्री दाहालले सोको घोषणा गरेका हुन्।
प्रधानमन्त्रीद्वारा पोखरालाई पर्यटकीय राजधानी घोषणा

गण्डकी, चैत ४ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गरेका छन्। 

फेवाताल छेउको बाराहीघाटमा आज आयोजित समारोहमा प्रधानमन्त्री दाहालले सोको घोषणा गरेका हुन्। त्यसअघि प्रधानमन्त्रीले रिमोटबाट पर्यटन राजधानीको लोगो सार्वजनिक गरी स्मृति स्तम्भ अनावरण गरेका थिए।

Hardik ivf

यसअङि पनि पर्यटकीय सहर पोखरालाई पर्यटकीय राजधानी भन्ने गरे पनि त्यसले आजदेखि औपचारिता पाएकाे हाे।

गण्डकी प्रदेश सरकारले विभिन्न २० वटा इन्डिकेटरलाई मापदण्ड बनाएर फागुन २३ गते नै पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने निर्णय गरेको थियो। 

प्रकाशित मिति: १३:२८ बजे, आइतबार, चैत ४, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्