Kathmandu Press

सुन तस्करी प्रकरणबारे आयोगले तयार पारेकाे प्रतिवेदन सिआइबीले बुझ्याे

आइतबार गृह मन्त्रालयमा प्रतिवेदन बुझ्दै सिआइबीले त्यसकाे अध्ययनपछि कारबाही प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गरेकाे स्राेतले जनाएकाे छ।
सुन तस्करी प्रकरणबारे आयोगले तयार पारेकाे प्रतिवेदन सिआइबीले बुझ्याे

काठमाडौं, चैत ४ : पूर्वन्यायाधीश डिल्लीराज आचार्यकाे अध्यक्षताम गठित सुन तस्करी उच्चस्तरीय जाँचबुझ आयोगले तयार पारेकाे प्रतिवेदन नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बुझेको छ।

आइतबार गृह मन्त्रालयमा प्रतिवेदन बुझ्दै सिआइबीले त्यसकाे अध्ययनपछि कारबाही प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गरेकाे स्राेतले जनाएकाे छ।

Hardik ivf

सिआइबीका अनुसार अहिले नै कसलाई कारबाही हुने, कसलाई पक्राउ गर्ने भन्ने विषय यकिन भइसकेकाे छैन।

विमानस्थलको भन्सार जाँच पार गरेको तस्करी भएको ६० किलो सुन, भेपमार्फत आएको सुन तस्करी लगायतमा राजनीतिक नेतृत्वलाई जोगाइएको आरोप लागिरहेका बेला उच्चस्तरीय छानबिन आयोग बनाउन दबाब बढेको थियो ।

आयोगले सुन तस्करीमा संलग्नताकाे आरोप लागेकाहरूसँग बयान, स्थलगत अध्ययन, प्राविधिक विश्लेषण गरेर केही सिफारिससहित उपप्धान तथा गृहमन्त्री रवि लामिछानेलाई चैत १ गते प्रतिवेदन बुझाएको थियो।

प्रकाशित मिति: १२:४७ बजे, आइतबार, चैत ४, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्