Kathmandu Press

जसपा सांसद अन्सारीको निधनप्रति शोक प्रस्ताव पारित गरेर प्रतिनिधिसभा बैठक स्थगित

अर्को बैठक सोमबार बिहान ११ बजेका लागि बोलाइएकाे छ।
जसपा सांसद अन्सारीको निधनप्रति शोक प्रस्ताव पारित गरेर प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं, चैत ४ : प्रतिनिधिसभाले सांसद मञ्जु शर्मा अन्सारीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।

आज (आइतबार) बसेको बैठकले जनता समाजवादी पार्टी (जसपा) की सांसद अन्सारीको निधनप्रति शोक प्रस्ताव पारित गरेको हो। शोक प्रस्ताव पारित भएलगत्तै सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक स्थगित भएको जानकारी दिए।

Hardik ivf

जसपाको पोलिटब्युरो सदस्यसमेत रहेकी ६० वर्षीय शर्माको काठमाडौंस्थित सिभिल अस्पतालमा आइतबार बिहान उपचारका क्रममा निधन भएको हो। उनी २०७९ चैत १९ गते प्रतिनिधिसभा सदस्य चयन भएकी थिइन्।

अर्को बैठक सोमबार बिहान ११ बजेका लागि बोलाइएकाे छ।

प्रकाशित मिति: १२:४१ बजे, आइतबार, चैत ४, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्