बाँकेमा जंगली जनावरको आक्रमणबाट एकको मृत्यु
मृतक शर्मा दार्मा गाउँपालिका–१ सल्यान घर भई हाल ढकेरी र कोहलपुरमा आफन्तको घरमा बस्दै आएका थिए।बाँके, चैत ४ : बाँकेमा जङ्गली जनावरको आक्रमणबाट एकजना वृद्धको ज्यान गएको छ।
पूर्वपश्चिम राजमार्गको ढकेरीदेखि दुई किलोमिटर पश्चिममा पर्ने भालुखोलाको सडक बाटो छेऊमा जङ्गली जनावरले आक्रमण गर्दा ७१ वर्षीय नगेन्द्रप्रसाद शर्माको मृत्यु भएको बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत मनोजकुमार शाहले जानकारी दिए।
मृतक शर्मा दार्मा गाउँपालिका–१ सल्यान घर भई हाल ढकेरी र कोहलपुरमा आफन्तको घरमा बस्दै आएका थिए।
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक देवराज भट्टराईका अनुसार मृतक शर्मालाई जङ्गली जवनारले आइतबार बिहान साढे पाँच बजेको समयमा आक्रमण गरेको अनुमान गरिएको छ।
मृतकको शवलाई पोष्टमार्टका लागि नेपालगञ्ज भेरी अस्पतालमा पठाइएको छ।
प्रकाशित मिति: १२:२२ बजे, आइतबार, चैत ४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भातर फर्किए सेनाध्यक्ष द्विवेदीआइतबार, मंसिर ९, २०८१
एमालेले बुझेन महानगरको जरिवाना पत्रआइतबार, मंसिर ९, २०८१
कांग्रेस कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनितआइतबार, मंसिर ९, २०८१
मधेस आन्दोलनका सहिद परिवारले गरे मुख्यमन्त्रीको कार्यालयमा प्रदर्शनआइतबार, मंसिर ९, २०८१