Kathmandu Press

सुन तोलाकाे चार सयले घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबारको तुलनामा आज सुनको मूल्य प्रतितोला रु चार सयले ओरालो लागेको हो।
सुन तोलाकाे चार सयले घट्यो

काठमाडौँ, चैत ४ : स्थानीय बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबारको तुलनामा आज सुनको मूल्य प्रतितोला रु चार सयले ओरालो लागेको हो।

महासंघका अनुसार आजका लागि छापावाला सुन प्रतितोला रु एक लाख २५ हजार कायम छ। शुक्रबार छापावाला सुन प्रतितोला रु एक लाख २५ हजार चार सयमा कारोबार भएको थियो।

यस्तै, तेजाबी सुन प्रतितोला रु एक लाख २४ हजार चार सय तोकिएको छ। शुक्रबार तेजाबी सुन प्रतितोला रु एक लाख २४ हजार आठ सयमा कारोबार भएको थियो।

यस्तै चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। शुक्रबार प्रतितोला रु एक हजार पाँच सय १५ मा कारोबार भएको चाँदी आज भने रु एक हजार पाँच सय ३० कायम गरिएको छ।

प्रकाशित मिति: १२:१६ बजे, आइतबार, चैत ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्