सांसद मन्जु अन्सारीको निधन
जनता समाजवादी पार्टीका तर्फबाट समानुपातिक सांसद रहेकी उनको हृदयघातका कारण काठमाडौको सिभिल अस्पतालमा मृत्यु भएको जसपा प्रवक्ता मनिष सुमनले जानकारी दिए।
काठमाडौं, चैत ४ : प्रतिनिधि सभा सदस्य मन्जु अन्सारीको आइतबार निधन भएको छ।
जनता समाजवादी पार्टीका तर्फबाट समानुपातिक सांसद रहेकी उनको हृदयघातका कारण काठमाडौको सिभिल अस्पतालमा मृत्यु भएको जसपा प्रवक्ता मनिष सुमनले जानकारी दिए।
जनता समाजवबादी पार्टीका तर्फबाट तात्कालिन अवस्थामा समानुपातिक सांसद चुनिएकी सहनाज रहमानको हृदयघातकै कारण २०७९ फागुन १३ गते निधन भएपछि पार्टीको सिफारिसमा अन्सारी २०७९ चैत ६ गते प्रतिनिधि सभा सदस्य चुनिएकी थिइन्।
२०४६ सालमा तत्कालिन नेपाल सदभावना पार्टीबाट राजनीति सुरु गरेकी अन्सारीले पार्टी निकट सद्भावना महिला मञ्चको केन्द्रीय अध्यक्षसम्मको जिम्मेवारी निर्वाह गरेकी थिइन्।
उनले २०५६ सालमा सदभावना पार्टीबाट रौतहट क्षेत्र नम्बर ३ मा प्रतिस्पर्धा गरेकी थिइन्। उनी २०६४ सालमा भएको मधेस विद्रोहमा सहभागी भएकी थिएन।
प्रकाशित मिति: १२:०८ बजे, आइतबार, चैत ४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












