Kathmandu Press

‘नयाँ गठबन्धन बनेपछि देशको राजनीति सही ट्रयाकमा आयो’

‘एकातिर सरकारमा गति नआउने, अर्कोतर्फ गठबन्धनप्रति इमान्दार नहुने परिस्थितिले नयाँ गठबन्धनमा गएका हौं।’
‘नयाँ गठबन्धन बनेपछि देशको राजनीति सही ट्रयाकमा आयो’

कास्की, चैत ४ : प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नयाँ सत्ता गठबन्धन बनेपछि देशको राजनीति सही ट्रयाकमा आएको बताएका छन्।

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने कार्यक्रममा सहभागी हुन पोखरा पुगेका दाहालले आइतबार बिहान पार्टीका अगुवा नेता–कार्यकर्तासँगको भेटमा अब कामको गतिमा परिवर्तन ल्याउन र वामपन्थी शक्तिबीच सहकार्यलाई बलियो बनाउन निम्ति नयाँ समिकरण बनाएको जिकिर गरे।

Hardik ivf

‘कांग्रेसबाट पटकपटक धोका भयो। कांग्रेसबाट हामीलाई भोट ट्रान्सफर हुने पनि देखिएन । सबैजसो निर्वाचनमा धोका भयो। भोलि पनि यस्तै हुने देखियो,’ दाहालले भने, ‘एकातिर सरकारमा गति नआउने, अर्कोतर्फ गठबन्धनप्रति इमान्दार नहुने परिस्थितिले नयाँ गठबन्धनमा गएका हौं।’

प्रधानमन्त्री दाहालले माओवादीलाई सुदृढ गर्न हिमाल,पहाड तराई सबै क्षेत्रलाई समेट्ने गरी एक महिने अभियान चलाउने उल्लेख गरे। केन्द्रमा बनेको नयाँ गठबन्धनले संविधानको रक्षा र सुदृढीकरण सँगै वामपन्थी आन्दोलनको रक्षा गर्ने दाहाललको दाबी छ ।

‘कम्युनिस्ट आन्दोलन विभाजित हुँदा राष्ट्रिय राजनीतिमा प्रतिगामी धारा बलियो हुँदै जान्छ। त्यसले व्यवस्थामाथि नै सङ्कट ल्याउँथ्यो। त्यो चुनौती पार गरिएको छ। देशका राजनीति सही बाटोमा आएको छ,’ उनले भने।

प्रकाशित मिति: ११:३३ बजे, आइतबार, चैत ४, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्