Kathmandu Press

सार्वजनिक प्रशासन शैलीका कारण जनतामा निराशा छाएको छ : अर्थमन्त्री पुन

उनले राजनीतिक नेतृत्वदेखि सार्वजनिक प्रसाशन र व्युरोकेसीसम्मको संयन्त्रमा देखिएका समस्यामाथि समाजले नै प्रश्न उठाइरहेकाले जनअपेक्षा अनुरसार काम गर्न कार्यशैलीमा परिवर्तनको खाँचो औंल्याए।
सार्वजनिक प्रशासन शैलीका कारण जनतामा निराशा छाएको छ : अर्थमन्त्री पुन

काठमाडौं, चैत ४ : अर्थमन्त्री वर्षमान पुनले सार्वजनिक प्रशासनको कार्यशैलीका कारण जनतामा निराशा छाएको बताएका छन्। उनले जनतामा छाएको निराशालाई आशामा परिवर्तन गर्न सबैको साझा प्रयास आवश्यक हुने बताए।

आइतबार नागरिक लगानी कोषको ३४औं वार्षिकोत्सवमा बोल्दै अर्थमन्त्री पुनले आमजनतामा सार्वजनिक प्रशासन, राजनीति, अर्थतन्त्रका क्षेत्र, बैंक तथा वित्तीय संस्था चारैतिर निराशामात्रै देखिएकाले त्यसलाई चिर्नु अहिलेको चुनौती भएको बताए।

Hardik ivf

‘राजनीतिक नेतृत्वमा समस्या छन्, शुद्धीकरणको आवश्यकता हामी आफैंले महशुस गर्दै आएका छौं। यही कार्यशैली रहिरहने हो भने आजको आवश्यकता पूरा गर्न सक्ने अवस्था छैन, राजनीतिक र प्रशासनिक शुद्धीकरण जरुरी छ,’ मन्त्री पुनले भने।

मन्त्री पुनले देशका केही क्षेत्रमा सुधार र निकै राम्रो प्रगति भए पनि नकारात्मक पक्ष मात्रै बाहिर आएको बताए।

उनले राजनीतिक नेतृत्वदेखि सार्वजनिक प्रसाशन र व्युरोकेसीसम्मको संयन्त्रमा देखिएका समस्यामाथि समाजले नै प्रश्न उठाइरहेकाले जनअपेक्षा अनुरसार काम गर्न कार्यशैलीमा परिवर्तनको खाँचो औंल्याए। उनले नागरिक लगानी कोषले पनि आफ्नो औचित्य पुष्टि गर्नुपर्ने समय आएको उल्लेख गरे।

व्यक्ति, संस्था, प्रशासन, नेतृत्व, राज्य संयन्त्रमाथि प्रश्न उठेपछि जवाफदेही बन्नुपर्ने उल्लेख गरेका उनले प्रश्न उठ्दैमा डराउन नहुने तर सकारात्मक रुपमा अगाडि बढ्न प्रश्नबाटै प्रेरित हुनुपर्नेमा उनको जोड छ।

 

प्रकाशित मिति: ११:१३ बजे, आइतबार, चैत ४, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्