Kathmandu Press

चितवनमा सवारी दुर्घटना हुँदा भारतीय नागरिकको मृत्यु, ४ जना घाइते

जिल्ला प्रहरी कार्यालयका अनुसार रौतहटबाट गौर जाँदै गरेका भारतको मोतिहारीका ३५ वर्षीय गौरी दासको मृत्यु भएको हो । उनी ग १ ख ८५२४ नम्बरको बसमा सवारी थिए ।
चितवनमा सवारी दुर्घटना हुँदा भारतीय नागरिकको मृत्यु, ४ जना घाइते

चितवन, चैत ४ : चितवनमा सवारी दुर्घटना हुँदा एक भारतीय नागरिकको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । नारायणगढ–मुग्लिन सडकको जलबिरेमा गएराति पौने तीन बजे तिर बस र ट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार रौतहटबाट गौर जाँदै गरेका भारतको मोतिहारीका ३५ वर्षीय गौरी दासको मृत्यु भएको हो । उनी ग १ ख ८५२४ नम्बरको बसमा सवारी थिए ।

Hardik ivf

सो बसले इच्छाकामना गाउँपालिका–६ मा पर्ने जलबिरेमा सडक किनारमा रोकि राखेको ना ६ ख ३५८० नम्बरको ट्रकसँग जुधेको थियो । 

दुर्घटनापछि उपचारका लागि अस्पताल लैजाँदै गर्दा दासको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य चार जना घाइते भएका छन् । प्रहरीले बसका चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: ०८:४० बजे, आइतबार, चैत ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्