Kathmandu Press

शिक्षाको लगानीलाई परिणाममुखी बनाउन साझा प्रयत्न आवश्यक : पौडेल

“अहिले राज्यले शिक्षामा थोरै लगानी त गरेको छ तर त्यो पनि बालुवामा पानी हालेजस्तै खेर गइसकेको छ”, आज बालाजुस्थित बालबाटिका इन्टरनेशनल स्कुलको १९औँ अभिभावक दिवस कार्यक्रममा पौडेलले भने, “शिक्षाको लगानीलाई परिणाममुखी बनाउन हामीले साझा प्रयत्न गर्न आवश्यक छ ।” 
शिक्षाको लगानीलाई परिणाममुखी बनाउन साझा प्रयत्न आवश्यक : पौडेल

काठमाडौं, चैत ४ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले शिक्षा क्षेत्रमा राज्यले गरेको लगानी परिणाममुखी हुन नसकेको बताएका छन् । शिक्षाको लगानीलाई परिणाममुखी बनाउन सबै पक्षको साझा प्रयत्न गर्न आवश्यक रहेको उनको भनाइ छ ।

“अहिले राज्यले शिक्षामा थोरै लगानी त गरेको छ तर त्यो पनि बालुवामा पानी हालेजस्तै खेर गइसकेको छ”, आज बालाजुस्थित बालबाटिका इन्टरनेशनल स्कुलको १९औँ अभिभावक दिवस कार्यक्रममा पौडेलले भने, “शिक्षाको लगानीलाई परिणाममुखी बनाउन हामीले साझा प्रयत्न गर्न आवश्यक छ ।” 

Hardik ivf

प्रज्ञा प्रतिष्ठानमा आयोजित उक्त कार्यक्रममा पौडेलले शैक्षिक क्षेत्रमा काम गरेकाहरूको अनुभवलाई समेटेर प्रभावकारी नीति निर्माण हुनुपर्नेमा जोड दिए । अहिलेको शिक्षा विधेयकले समेत धेरै कुरालाई समेट्न नसकिरहेको उल्लेख गर्दै उनले त्यसमा पनि छलफल अघि बढाउनुपर्ने आवश्यकता औँल्याए । देशमा बालबाटिकाजस्ता निजी स्कुलले गुणस्तरीय शिक्षा प्रदान गर्ने सन्दर्भमा महत्त्वपूर्ण भूमिका खेलेको उनले बताए । 

व्यक्तिभित्र आत्मविश्वास भर्न शिक्षाकै भूमिका हुने उल्लेख गर्दै पौडेलले सोहीअनुसार विद्यालयले भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । यस्तै व्यवस्थित व्यक्तिले मात्रै देशको नेतृत्व गर्न सक्ने भन्दै पौडेलले भने, “अव्यवस्थापनबाट नेतृत्व सम्भव छैन । मान्छेले नेतृत्व प्रदान गर्न त्यतिबेला सक्छ जति बेला ऊ आफैँ व्यवस्थित हुन्छ । समयको सदुपयोग गर्ने सवालमा व्यवस्थित मान्छेले मात्रै प्रगति गर्न सक्छ ।”

यो विषयलाई विद्यालय तहबाटै विद्यार्थीलाई बुझाउने र त्यस ढङ्गबाट उसलाई अभ्यस्त गर्ने स्थिति बन्नुपर्ने उनको धारणा थियो । सँगसँगै विद्यार्थीलाई विद्यालयको अतिरिक्त अभिभावकले पनि समय र सोहीअनुसार तयार गर्नुपर्नेमा उनले जोड दिए । 

कार्यक्रममा पूर्वसचिव रामप्रसाद थपलियाले विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गरिरहेको आफूले पाएको भन्दै आगामी दिनमा थप सफलताको कामना गरे । नेशनल मोडल स्कुलका प्रधानाध्यापक डीएन अधिकारी, नेपाल राष्ट्रिय विद्यालयका प्रधानाध्यापक निर्मला शाक्य, एनआर कलेजका अध्यक्ष त्रिचवरध्वज थापालगायतले पनि आ–आफ्नो शुभकामना मन्तव्य राखेका थिए । 

प्रकाशित मिति: ०७:५२ बजे, आइतबार, चैत ४, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्