मोरङको रंगेलीमा भीषण आगलागी, २२ घर जले
सन्थाल समुदायको बसोबास रहेको वडा नम्बर ३ को बाबुसाहेव टोलमा आगलागी भएको हो।
मोरङ, चैत ३ : मोरङको पुरानो सदरमुकाम रंगेली नगरपालिका–३ शनिबार अपरान्ह भीषण आगलागी भएको छ। आगलागीबाट २२ वटा घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
सन्थाल समुदायको बसोबास रहेको वडा नम्बर ३ को बाबुसाहेव टोलमा आगलागी भएको हो।
आगो निभाउन रंगेली नगरपालिका, कानेपोखरी गाउँपालिका, सुन्दरहरैँचा नगरपालिका लगायत आसपास क्षेत्रका पालिकाहरुको दमकल प्रयोग गरिएको छ ।
प्रहरी र स्थानीय बासिन्दा मिलेर आगो निभाउने काम भइरहेकाले क्षतिको विवरण आइसकेको छैन।
आगो पूर्ण रुपमा नियन्त्रणमा आउन सकेको छैन । बाँस, सन्ठीजस्ता स्थानीय सामग्री प्रयोग गरी बनाइएका घरहरुमा आगो चाँडै फैलिएको जनाइएको छ।
प्रकाशित मिति: १९:५९ बजे, शनिबार, चैत ३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












