सहिद स्मृति विद्यालयलाई अनुदान बढाइन्छ : प्रधानमन्त्री
कास्कीको पोखरा महानगरपालिका–१४ स्थित सहिद स्मृति आवासीय माध्यमिक विद्यालयको अवलोकनपछि आयोजित कार्यक्रममा सम्बोधन गर्दै उहाँले आगामी आर्थिक वर्षदेखि अनुदान थप्ने प्रतिबद्धता जनाए।
कास्की, चैत ३ : प्रधानमन्त्री पुष्पकमल दाहालले सहिदका स्मृतिमा स्थापना भएका विद्यालयलाई सरकारले अनुदान बढाउने बताएका छन्।
कास्कीको पोखरा महानगरपालिका–१४ स्थित सहिद स्मृति आवासीय माध्यमिक विद्यालयको अवलोकनपछि आयोजित कार्यक्रममा सम्बोधन गर्दै उहाँले आगामी आर्थिक वर्षदेखि अनुदान थप्ने प्रतिबद्धता जनाए।
‘सहिद स्मृति प्रतिष्ठानको नेतृत्वमा सञ्चालित देशका पाँचवटै सहिद स्मृति विद्यालय सञ्चालन राज्यले नै गर्नेगरी नयाँ मोडलको खोजी भइरहेको छ,’ प्रधानमन्त्रीले भने, ‘अनुदान दयही वर्षदेखि बढ्ने विश्वास तपाईंहरूलाई दिलाउन चाहन्छु।’
उनले सहिद स्मृति विद्यालयहरू नमूनाका रूपमा स्थापित भएकामा खÞुसी व्यक्त गरे।
प्रकाशित मिति: १८:४० बजे, शनिबार, चैत ३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार