Kathmandu Press

कोरोनाका कारण देशभरका अदालत दुई साता बन्द

काठमाडौं, चैत ७ : कोरोना भाइरस संक्रमणबाट जोगिन देशभरका अदालत दुई साता बन्द हुने भएका छन्।

शुक्रबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द....

कोरोनाका कारण देशभरका अदालत दुई साता बन्द

काठमाडौं, चैत ७ : कोरोना भाइरस संक्रमणबाट जोगिन देशभरका अदालत दुई साता बन्द हुने भएका छन्।

शुक्रबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको अध्यक्षता बसेको पूर्ण इजलासको बैठकले अदालत दुई साता बन्द गर्ने निर्णय गरेका हो। नेपाल बार एसोसियसनको आग्रहपछि पूर्ण इजलाशको बैठक बसेको थियो।

बैठकले चैत २१ गतेसम्म देशभरका सबै अदालत बन्द गर्ने निर्णय गरेको हो। तर, बन्दी प्रत्यक्षीकरणका रिटहरुमाथि भने अदालती कारबाही जारी रहने जनाएको छ।

 

प्रकाशित मिति: १३:२२ बजे, शुक्रबार, चैत ७, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्