Kathmandu Press

कानुनी प्रक्रिया पूरा गरेर भूमि सम्बन्धीका समस्या समाधान गर्ने प्रतिबद्धता

मन्त्री अधिकारीले यस अघि गठित भूमि आयोग विघटन गर्दा मुद्दा झेल्नुपर्ने लगायत अनेकौ समस्या हुने भएकाले विधि र प्रक्रियाअनुसार अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
कानुनी प्रक्रिया पूरा गरेर भूमि सम्बन्धीका समस्या समाधान गर्ने प्रतिबद्धता

काठमाडाैं, चैत ३ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले कानुनी प्रक्रिया पूरा गरेर भूमि सम्बन्धीका समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन्।

एमाले बाणगंगा नगर कमिटीले शनिबार कपिलवस्तुमा आयोजना गरेको बधाई एवं सम्मान कार्यक्रममा मन्त्री अधिकारीले भूमि सम्बन्धीका समस्या समाधानका लागि आत्तिएर भन्दा कानुनी प्रक्रिया पुरा गर्न आवश्यक रहेको बताए।

Hardik ivf

मन्त्री अधिकारीले यस अघि गठित भूमि आयोग विघटन गर्दा मुद्दा झेल्नुपर्ने लगायत अनेकौ समस्या हुने भएकाले विधि र प्रक्रियाअनुसार अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे। उनले मन्त्रालय मन्त्रालयबीच रहेको कानुनी जटिलता हटाएर नागरिकका काम सहज रुपमा गर्न आफू लागि पर्ने धारणा राखे।

जनताका लागि काम गर्दा आफुलाई पदको कुनै मोह नरहेको उहाले बताए। 

प्रकाशित मिति: १६:३२ बजे, शनिबार, चैत ३, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्