Kathmandu Press

ढुवानी सेवासम्बन्धी छुट्टै ऐन निर्माण आवश्यक : मन्त्री गिरी

शनिबार काठमाडौंमा आयोजित ढुवानी व्यवसायी महासंघ नेपालको छैठौं महाधिवेशन तथा १५ औं वार्षिक साधारणसभा उदघाटन समारोहलाई सम्बोधन गर्दै उनले ढुवानी व्यवसायको जुन प्रकृति हेर्दा छुट्टै ऐनको आवश्यक छ कि भन्ने महशुस भएको बताएका हुन्। 
ढुवानी सेवासम्बन्धी छुट्टै ऐन निर्माण आवश्यक : मन्त्री गिरी

काठमाडौं, चैत ३ : कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले ढुवानी सेवा सम्बन्धी छुट्टै ऐनको आवश्यक रहेको बताएका छन्। 

शनिबार काठमाडौंमा आयोजित ढुवानी व्यवसायी महासंघ नेपालको छैठौं महाधिवेशन तथा १५ औं वार्षिक साधारणसभा उदघाटन समारोहलाई सम्बोधन गर्दै उनले ढुवानी व्यवसायको जुन प्रकृति हेर्दा छुट्टै ऐनको आवश्यक छ कि भन्ने महशुस भएको बताएका हुन्। 

Hardik ivf

उनले भने,‘मलाई यस क्षेत्रमा गहिरो ज्ञान त छैन्। मलाई भन्दा यस क्षेत्रको ज्ञान तपाईहरुलाई हजार गुणा बढि छ। मैले बाहिरबाट देखेजस्तो नहुन सक्छ। तर मलाई के लाग्दै छ भने ढुवानी व्यवसायको जुन प्रकृति छ। यसलाई हेर्दा ढुवानी सेवा सम्बन्धी छुट्टै ऐनको आवश्यक छ कि भन्ने महशुस हुँदैछ। त्यसको लागि तपाईहरु मस्यौदा गर्नुहोस्। मलाई लेखेरै दिनुहोस् मलाई सघाउनुहोस्।’

मन्त्री गिरीले ढुवानी व्यवसायले नेपालको अर्थतन्त्रमा ठूलो योगदान पुर्‍याएको बताए। सानो आकारमा पुँजीबाट काम गर्नेलाई महत्वको साथ नलिने र सधैंभरी उपेक्षा गर्ने प्रवृत्तिले गर्दा व्यवसायीहरु अप्ठ्यारोमा परेको उनको भनाइ छ। उनले आफूले जिम्मेवार ढङ्ले ढुवानी व्यवसायको क्षेत्रमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए। 

प्रकाशित मिति: १५:४९ बजे, शनिबार, चैत ३, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्