नेविसंघमा ४१ केन्द्रीय सदस्य थप
यसअघि केन्द्रीय तदर्थ कार्यसमिति सदस्यमा ७१० जनालाई मनोनयन गरिएको थियो। सभापति देउवाले २०७८ चैत ९ गते केन्द्रीय अध्यक्षमा शेर्पालाई नियुक्त गरेका थिए।
काठमाडौं, चैत ३ : नेपाल विद्यार्थी संघ (नेविसंघ) को तदर्थ समितिमा ४१ जना थप भएका छन्।
कांग्रेस सभापति शेरबहादुर देउवाले दुजाङ शेर्पाको अध्यक्षतामा गठित नेविसंघको केन्द्रीय तदर्थ समितिमा विभिन्न जिल्लाका गरी ४१ जना थप गरेका कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
यसअघि केन्द्रीय तदर्थ कार्यसमिति सदस्यमा ७१० जनालाई मनोनयन गरिएको थियो। सभापति देउवाले २०७८ चैत ९ गते केन्द्रीय अध्यक्षमा शेर्पालाई नियुक्त गरेका थिए।
शेर्पाले आगामी असारमा १२ औँ महाधिवेशन गर्न प्रस्ताव गरेका छन्।
प्रकाशित मिति: १५:३८ बजे, शनिबार, चैत ३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार