Kathmandu Press

देशको आर्थिक सुधार पहिलो प्राथमिकता होस् : मन्त्री राई

नेपाल कम्युनिस्ट पार्टी (एमाले) धनकुटा सम्पर्क मञ्चले आज यहाँ आयोजना गरेको सम्मान कार्यक्रममा उहाँले विकास निर्माणका कामलाई तीव्र गतिमा अगाडि बढाउन आर्थिक अवस्था सुधार हुनुपर्ने बताए।
देशको आर्थिक सुधार पहिलो प्राथमिकता होस् : मन्त्री राई

काठमाडौं, चैत ३ : खानेपानीमन्त्री राजेन्द्रकुमार राईले देशको आर्थिक अवस्था सुधार गर्नु सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन्।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) धनकुटा सम्पर्क मञ्चले आज यहाँ आयोजना गरेको सम्मान कार्यक्रममा उनले विकास निर्माणका कामलाई तीव्र गतिमा अगाडि बढाउन आर्थिक अवस्था सुधार हुनुपर्ने बताए।

Hardik ivf

'मैले धनकुटाका जनताको मेहनत, परिश्रम र सहयोगबाट चुनाव जितको हुँ। म सेवक भएर जनताका पक्षमा काम गर्नेछु। यसमा जिल्लावासीका साथै आमनागरिकको सुझाव आवश्यक छ', मन्त्री राईले भने। उनले प्रभावकारी कार्यसम्पादनका लागि सबैको सुझाव आवश्यक रहेको भन्दै सकारात्मक सुझाव दिन सबैलाई आग्रह गरे।

कोशी प्रदेशसभाका सांसद निरन राईले आफ्नो क्षेत्रबाट मन्त्री भएका खानेपानी मन्त्री राईलाई धनकुटाको समृद्धिमा योगदान हुनेगरी काम गर्न अनुरोध गरे। सोही अवसरमा मन्त्री राईले २०८१ को भित्तेपात्रो लोकार्पण गरेका थिए।

प्रकाशित मिति: १५:१६ बजे, शनिबार, चैत ३, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्