Kathmandu Press

जनताका निराशा चिर्दै अघि बढ्ने गरी साझा कार्यक्रम तयार गरिएको छ : अध्यक्ष नेपाल

अध्यक्ष नेपालले गठबन्धनको कार्यदलले शनिबार शीर्ष तहमा साझा न्यूनतम कार्यक्रमको प्रतिवेदन बुझाएको भन्दै जनताको निराशालाई चिर्दे भरोषा गराउन सरकार अघि बढ्ने गरि कार्यक्रम तयार पारिएको जानकारी दिए।
जनताका निराशा चिर्दै अघि बढ्ने गरी साझा कार्यक्रम तयार गरिएको छ : अध्यक्ष नेपाल

काठमाडाैं, चैत ३ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले जनताका निराशालाई चिर्दै सरकार अघि बढ्ने गरी साझा कार्यक्रम तयार गरिएको बताएका छन्।

शनिबार पार्टीको रौतहट–काठमाडौं सम्पर्क मञ्चले काठमाडौंमा आयोजना गरेको फागु पुर्णिमा तथा होली पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष नेपालले गठबन्धनको कार्यदलले शनिबार शीर्ष तहमा साझा न्यूनतम कार्यक्रमको प्रतिवेदन बुझाएको भन्दै जनताको निराशालाई चिर्दे भरोषा गराउन सरकार अघि बढ्ने गरि कार्यक्रम तयार पारिएको जानकारी दिए।

Hardik ivf

भ्रष्टाचार अन्त्य गर्दै मुलुकमा सुशासन कायम गर्ने, विभिन्न स्रोत साधन परिचालन गरेर मुलुकलाई समृद्ध बनाउने बिषयमा साझा न्यूनतम कार्यक्रममा उल्लेख रहेको उनले बताए। अध्यक्ष नेपालले अहिले पदका लागि नभई मुलुकको समृद्धिका लागि सत्ता समिकरण परिवर्तन भएको धारणा राखे।

अहिले संविधान र मुलुकको विभिन्न उपलब्धिलाई समाप्त पार्ने काम भइरहेको भन्दै एकतावद्ध भएर यसको प्रतिकार गर्नुपर्ने उनले बताए। अध्यक्ष नेपालले संविधानको पक्षपोषण र गणतन्त्रको रक्षाको भूमिका खेल्न सक्ने कांग्रेसलाई अहिले नै शत्रु घोषणा गर्ने कुरा कुनै हालतमा उचित नहुने जिकिर गरे।

उहाले जेठ ३ देखि ७ गते सम्म पार्टीको १० औं महाधिवेशन गर्ने तयारीमा रहेको भन्दै तयारीको सिलसिलामा संगठन निर्माण र सदस्यता वितरणको देशव्यापी अभियानमा जुटेको बताए। 

प्रकाशित मिति: १४:१६ बजे, शनिबार, चैत ३, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्