Kathmandu Press

श्रमिक अस्पताल निर्माणमा सरकार लाग्नुपर्छ : प्रदीप पौडेल

नेपाल ट्रेड युनियन कांग्रेस आबद्ध नेपाल निर्माण तथा सम्बद्ध श्रमिक सङ्घ र इनोभा अस्पतालबीच आज यहाँ आयोजित ‘स्वास्थ्य उपचार शुल्कसम्बन्धी दुईपक्षीय सम्झौता’ कार्यक्रममा उनले श्रमिकलाई राज्यले हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताए।
श्रमिक अस्पताल निर्माणमा सरकार लाग्नुपर्छ : प्रदीप पौडेल

काठमाडौं, चैत ३ : नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले श्रमिक अस्पताल निर्माणमा सरकार लाग्नुपर्ने बताएका छन्।

नेपाल ट्रेड युनियन कांग्रेस आबद्ध नेपाल निर्माण तथा सम्बद्ध श्रमिक सङ्घ र इनोभा अस्पतालबीच आज यहाँ आयोजित ‘स्वास्थ्य उपचार शुल्कसम्बन्धी दुईपक्षीय सम्झौता’ कार्यक्रममा उनले श्रमिकलाई राज्यले हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताए।

Hardik ivf

'सरकारी कर्मचारी, नेपाली सेना, नेपाल प्रहरीलगायत लक्षित वर्गका लागि अस्पताल निर्माण भए पनि श्रमिकका लागि अस्पताल नहुँदा श्रमिक समस्यामा परेका छन्, सरकारले श्रमिक अस्पताल निर्माणमा विशेष प्रयास गर्नुपर्छ,' उनले भने। योगदानमा आधारित सामाजिक सुरक्षा कोषबाट श्रमिक अस्पताल निर्माण गर्न सकिने उनले बताए। 

नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्रकुमार कुँवरले सम्झौतालाई संयुक्त संयन्त्र बनाएर कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिए। उनले श्रमिकको सहजताका लागि ट्रेड युनियन कांग्रेसले राष्ट्रिय कोष खडा गरी श्रमिकको स्वास्थ्य उपचारमा सहयोग गर्दै आएको जानकारी दिए।

इनोभा अस्पतालमा उपचार गर्न जाने निर्माण तथा सम्बद्ध श्रमिक सङ्घका सदस्य र सङ्घमा आबद्ध श्रमिक परिवारका सदस्यलाई ४० प्रतिशत सहुलियत दिइनेछ।

नेपाल निर्माण तथा सम्बद्ध श्रमिक सङ्घले यसअघि ‘निर्माण श्रमिक कल्याणकारी काष’ स्थापना गरी उक्त कोषबाट निर्माण क्षेत्रमा कार्यरत श्रमिकलाई उपचारमा आर्थिक सहयोग गर्दै आएको छ। 

प्रकाशित मिति: १३:४८ बजे, शनिबार, चैत ३, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्