एकै दिन एक लाख आठ हजारले छोडे काठमाडौं
काठमाडौं, चैत ७ : कोरोना भाइरसको त्रासका कारण एकै दिन एक लाख आठ हजारले काठमाडौं छोडेका छन्।
सरकारले सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला न....

काठमाडौं, चैत ७ : कोरोना भाइरसको त्रासका कारण एकै दिन एक लाख आठ हजारले काठमाडौं छोडेका छन्।
सरकारले सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला नहुने, शैक्षिक संस्था बन्द गर्नेलगायतका निर्णय गरेपछि बिहीबार एकलाख आठ हजारले काठमाडौं छोडेका हुन्।
महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांकअनुसार, बिहीबार एक लाख आठ हजार चार सय ५८ जना बाहिरिएका छन्। जुन बुधबारको तुलनामा १३ हजार बढी हो। बुधबार ९५ हजार दुई सय ४७ जनाले काठमाडौं छोडेका थिए।
महाशाखाको तथ्यांकअनुसार, बिहीबार तीन हजार एक सय ३९ जना उपत्यका भित्रिएका छन्। विहिबार १५ हजार पाँच सय ५४ सवारी उपत्यकाबाट बाहिरिएका छन् भने १५ हजार एक सय ४० सवारी भित्रिएका छन्।
शुक्रबार पनि काठमाडौं छोड्ने यात्रुको चाप बढेको छ। बिहानैदेखि बालाजुस्थित नयाँ बसपार्कमा सर्वसाधारणको घुइँचो लागेको छ।











