Kathmandu Press

दीपक बोहरा राप्रपामा प्रवेश

काठमाडौं, फागुन १२ : राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का वरिष्ठ उपाध्यक्ष दीपक बोहरा राप्रपामा प्रवेश गरेका छन् ।

आईतबार राप्रपा....

दीपक बोहरा राप्रपामा प्रवेश

काठमाडौं, फागुन १२ : राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का वरिष्ठ उपाध्यक्ष दीपक बोहरा राप्रपामा प्रवेश गरेका छन् ।

आईतबार राप्रपा परिष्ठ उपाध्यक्ष बोहरासहित कोषाध्यक्ष निलकण्ठ काफ्ले, प्रवक्ता प्रदीपकुमार उदय, सहायक महामन्त्री विन्दु पहाडी, सहायक महामन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, प्रशीक्षण बिभाग प्रमुख सुरेन्द्र केसी, केन्द्रीय सदस्यहरू सरोज शर्मा, ताहिर अलि, दिलिप बस्नेत, मिना स्वर्णकार, दिपक राई, गंगाराम कलवारलगायतका नेता कार्यकर्ता राप्रपामा प्रवेश गरेका हुन् ।

राप्रपा र राप्रपा (प्रजातान्त्रिक)का नेताहरुले दुवै पार्टीबीच एकीकरण भएको जनाएका छन् । आईतबार राजधानीमा आयोजित कार्यक्रममा राप्रपा र राप्रपा (प्रजातान्त्रिक)बीच एकीकरण भएको घोषणा गरिएको हो ।

राप्रपाका तर्फबाट अध्यक्ष कमल थापा र राप्रपा (प्रजातान्त्रिक)को तर्फबाट वरिष्ठ उपाध्यक्ष बोहराले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

 

प्रकाशित मिति: १४:३८ बजे, आइतबार, फागुन १२, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्