Kathmandu Press

स्वयम्भू महाचैत्यको जीर्णोद्धार

स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले गजुरको जीर्णोद्धार गरेको हो। काठमाडौँ–१५ मा रहेको महाचैत्यको पुरातत्व विभाग, काठमाडौँ महानगरपालिका, जिल्ला प्रशासन कार्यालय र गुठी संस्थानले जीर्णोद्धारका लागि प्राविधिक अध्ययन गरेका थिए।
स्वयम्भू महाचैत्यको जीर्णोद्धार

काठमाडौं, चैत ३ : विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भू महाचैत्यको मूल छत्र-गजुर रु ५० लाखको लागतमा जीर्णोद्धार गरिएको छ।

स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले गजुरको जीर्णोद्धार गरेको हो। काठमाडौँ–१५ मा रहेको महाचैत्यको पुरातत्व विभाग, काठमाडौँ महानगरपालिका, जिल्ला प्रशासन कार्यालय र गुठी संस्थानले जीर्णोद्धारका लागि प्राविधिक अध्ययन गरेका थिए।

Hardik ivf

यही चैत ५ गते धार्मिक परम्पराअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले चैत्यको पूजा गर्ने कार्यक्रम रहेको महासमितिका अध्यक्ष भिक्षु धर्ममूर्ति महास्थवीरले जानकारी दिए। उक्त चैत्य एक सय छ मिटर अग्लो छ। गजुरमा सुनको जलप लगाइएको छ। गजुरसँगै हर्मिका, छत्राबलि र १३ भुवन पनि सिँगारिएको छ। 

महाचैत्यको कलाकौशल, बनोटको अध्ययन तथा अवलोकन गर्न स्वदेशी र विदेशी पर्यटक आउने गरेको महासमितिका इन्जिनियर राजेश सुवालले जानकारी दिए। चैत्यको आसपास रहेको अनन्तपुर र प्रतापपुर यसअघि जीर्णोद्धार भइसकेका छन्।

मन्दिर क्षेत्रबाट काठमाडौँ उपत्यका राम्रोसँग देख्नसक्ने भएकाले आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन्।

प्रकाशित मिति: १२:५७ बजे, शनिबार, चैत ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्