Kathmandu Press

राष्ट्र शान्तिका लागि विशेष पूजा

देशमा अशान्ति, झैझगडा, काटमार, सम्बन्ध विच्छेद, बलात्कार, आत्महत्या, हत्याहिंसा, बढ्दो सडक दुर्घटनालगायत खराब प्रवृत्ति निराकरणका लागि एक दिवसीय विशेष पूजा गरिएको हो।
राष्ट्र शान्तिका लागि विशेष पूजा

काठमाडौं, चैत ३ : योगी नरहरिनाथ ट्रष्ट आध्यात्मिक परिषद्ले राष्ट्र शान्तिका लागि मैतीदेवी मन्दिरमा आज वेदपाठ, चण्डीपाठ र होमादि आयोजना गरेको छ।

देशमा अशान्ति, झैझगडा, काटमार, सम्बन्ध विच्छेद, बलात्कार, आत्महत्या, हत्याहिंसा, बढ्दो सडक दुर्घटनालगायत खराब प्रवृत्ति निराकरणका लागि एक दिवसीय विशेष पूजा गरिएको हो।

परिषद्का अध्यक्ष शङ्कर पौडेलले चार ब्राह्मणद्वारा वेदपाठ, नौ ब्राह्मणद्वारा चण्डीपाठ, ११ ब्राम्हणद्वारा रूद्रीपाठ, चार ब्राम्हणद्वारा अनुष्ठान गरिएको जानकारी दिए।

प्रकाशित मिति: १२:४५ बजे, शनिबार, चैत ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्