Kathmandu Press

बाल नाटक मेलामा ‘भागु’ सर्वोत्कृष्ट

उत्कृष्ट अभिनेता, अभिनेत्री, निर्देशक लगायत ७ वटा अवार्डसहित सर्वोत्कृष्ट नाटकको उपाधि सहित नाटक ‘भागु’ ले एक लाख रुपैयाँ नगद पुरस्कार जितेको हो।
बाल नाटक मेलामा ‘भागु’ सर्वोत्कृष्ट
Hardik ivfHardik ivf

काठमाडौं, चैत ३ : राष्ट्रिय बाल नाटक मेला २०८०मा ‘भागु’ सर्वोत्कृष्ट नाटक घोषित भएको छ। उत्कृष्ट अभिनेता, अभिनेत्री, निर्देशक लगायत ७ वटा अवार्डसहित सर्वोत्कृष्ट नाटकको उपाधि सहित नाटक ‘भागु’ ले एक लाख रुपैयाँ नगद पुरस्कार जितेको हो।

भक्तपुरको निष्ट स्कूलले तयार पारेको नाटक ‘भागु’ सुदूरपश्चिमको बैतडीमा भएको भागीरथी बलात्कार तथा हत्याकाण्डको सत्य कथामा आधारित छ। भागीरथीको न्यायको लागि लडिरहेको र छोरीको सुरक्षाको कुरा नाटकले उठाएको थियो।

नाटकमा रुमानी रोकाया, ट्रेजा ढकाल, सुजन पहाडी, रेबिसा श्रेष्ठ, अपेक्षा अधिकारी, जिभिका खतिवडा, कृषा नेपाल, श्रीयम भट्टराई, आर्जन अधिकारी, स्यारोन कटुवाल, रिदम रावत, सौर्य शाह, अग्रिम थापाले अभिनय गरेका थिए। नाटक पुष्पराज अवस्थीले लेखेका हुन्।

Xq_J3lA2-1710568018.jpeg

भागुबाटै उत्कृष्ट अभिनेता सुजन पहाडी, उत्कृष्ट अभिनेत्री रुमानी रोकाया, उत्कृष्ट सहअभिनेत्री ट्रेजा ढकाल, उत्कृष्ट प्रकाश परिकल्पना पुष्पराज अवस्थी, उत्कृष्ट नाटककार पुष्पराज अवस्थी र उत्कृष्ट निर्देशक लक्ष्मी जोशीले पुरस्कार जितेका छन्।

त्यसैगरी मृगशिरा वर्ल्ड स्कूलले प्रस्तुत गरेको नाटक बाह्राले दर्शक छनौट पुरस्कारसहित उत्कृष्ट मञ्च परिकल्पना, उत्कृष्ट भेषभूषा तथा श्रृंगार, उत्कृष्ट पाश्र्व ध्वनि तथा संगीत गरी ४ वटा पुरस्कार जितेको छ।

नाटकमा नेवार समुदायमा बालिकाहरुलाई गुफा राख्ने परम्परामा आधारित कथा थियो। नाटकमा प्रभा बुढा, निलम महर्जन, कृष्ण यादव, रोज देउला, स्नेहा यादव, रोमन सुन्दास, तपस्या शाक्य, रितिका खड्का, एन्जल शाही, रोशनी पाण्डे, श्रीणा तामाङ, विप्लव अधिकारी, ज्यास्लिन रन्जित, श्रृजल मानन्धरले अभिनय गरेका थिए।

Photo-(1)(38)-1710568019.JPG

प्रतियोगिताको उत्कृष्ट सहअभिनेताको पुरस्कार भने काभ्रे बनेपाको विद्यासागर स्कूलको नाटक नेपालको कानून दैवले जानुनका कलाकार प्रसिद्ध तिमल्सिनाले पाएका छन् । त्यस्तै अनुशासित समुहको पुरस्कार भक्तपुरको नेक्सस स्कूलले प्राप्त गरेको छ।

मेलामा उत्कृष्ट भएकाहरूलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले पुरस्कार प्रदान गरिन्। सो अवसरमा मन्त्री चौधरीले प्रतियोगितामा हारजीत हुने र हारसँग डर नमान्ने सुझाव दिइन्। उनले आफ्नै राजनीतिक संघर्षको उदाहरण दिँदै बारम्बारको प्रयासपछि मात्र आफू पनि सफल भएको बताइन्।

bb-1710568003.jpg

समापन समारोहमा नेपाल मेडिकल कलेजका अध्यक्ष प्रा.डा. जैनुद्दीन अन्सारी, चलचित्र निर्देशक राजेन्द्र शलभ, चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलालगायतले बोलेका थिए।

गत फागुन १८ गते उद्घाटन भएको प्रतियोगितात्मक मेलामा १० वटा विभिन्न नाटक मञ्चन भएका थिए।

नाट्यकर्मी महासंघ नेपालले आयोजना गरेको राष्ट्रिय बाल नाटक मेलालाई महासंघका महासचिवत तथा कलाकार जेवी डिसीले सञ्चालन गरेका थिए।

 

प्रकाशित मिति: ११:३३ बजे, शनिबार, चैत ३, २०८०
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्