बाबुरामको पार्टी फुट्यो, महिन्द्रराय यादव समूहले माओवादी केन्द्रसँग एकता गर्ने
यादव बाबुराम भट्टराईसहित नै नेसपा माओवादीमा एकता गराउने प्रयासमा थिए। तर, बाबुराम पार्टी एकताका लागि तयार नभएपछि उनले पार्टी फुटाएरै माओवादीसँग एकता गर्न लागेका हुन्।
काठमाडौं, चैत ३ : डा. बाबुराम भट्टराईको पार्टी नेपाल समाजवादी पार्टी (नेसपा) फुटेको छ।
अध्यक्ष महिन्द्रराय यादव समूहले नेसपा फुटाएको हो। यादवले पार्टी फुटाएर नेकपा माओवादी केन्द्रसँग एकता भएका छन्।
यादव बाबुराम भट्टराईसहित नै नेसपा माओवादीमा एकता गराउने प्रयासमा थिए। तर, बाबुराम पार्टी एकताका लागि तयार नभएपछि उनले पार्टी फुटाएरै माओवादीसँग एकता गर्न लागेका हुन्।
माओवादीका अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा आज बसेको एकता संयोजन समितिको बैठकले पार्टी एकता गर्ने सहमति गरेको छ। एकीकृत पार्टीको नाम भने महाधिवेशनले टुंगो लगाउनेछ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र याय यादवबिच पार्टी एकता गर्ने चार बुँदे सहमती भएको छ। सहमती पत्रमा माओवादीका तर्फबाट महासचिव देवप्रसाद गुरुङ र समाजवादीबाट पनि महासचिव रमेशप्रसाद यादवले हस्ताक्षर गरेका छन्।