राष्ट्रपति पौडेलद्वारा जलेश्वरनाथमा पूजा
कार्यक्रममा सहभागी हुन शनिबार बिहान महोत्तरी आएका राष्ट्रपति पौडेलले केहीबेर अघि जलेश्वर नगरपालिका–१ स्थित बाबा जलेश्वरनाथको पूजा अर्चना गरेका हुन्।
महोत्तरी, चैत ३ : राष्ट्रपति रामचन्द्र पौडेलले महोत्तरीको सदरमुकाम जलेश्वरमा अवस्थित बाबा जलेश्वरनाथ महादेवको पूजा अर्चना गरेका छन्।
कार्यक्रममा सहभागी हुन शनिबार बिहान महोत्तरी आएका राष्ट्रपति पौडेलले केहीबेर अघि जलेश्वर नगरपालिका–१ स्थित बाबा जलेश्वरनाथको पूजा अर्चना गरेका हुन्।
राष्ट्रपति पौडेललाई जलेश्वरनाथ महादेव मन्दिरका मुख्य पुजारी उपेन्द्र पाठकले बाबा जलेश्वरनाथको मूल गुफा (१६ भर्याङमुनि) जलभित्र रहेको जलेश्वरनाथ महादेवको विशेष पूजा अर्चना गराए। राष्ट्रपति पौडेले मन्दिर परिसरमा माता पार्वती र गणेशको पनि पूजाअर्चना गरेका हुन्।
बाबा जलेश्वरनाथको पूजापश्चात् राष्ट्रपति पौडेल जलेश्वर नगरपालिका–५ चौरिया गाउँमा अवस्थित पूर्वखेलकुदमन्त्री स्व. गणेश नेपालीको सालिक अनावरण कार्यक्रममा सहभागी हुनेछन्।
प्रकाशित मिति: १०:४४ बजे, शनिबार, चैत ३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












