Kathmandu Press

कोइरालाको ‘नमागिएको सल्लाह’ लोकार्पण

लेखक शम्भु कोइरालाले पुस्तकमा आफू नेपाल सरकारको सचिवमा रहँदा संगालेका अनुभवहरु र सुभावहरु समेत समेटिएको बताए।
कोइरालाको ‘नमागिएको सल्लाह’ लोकार्पण

काठमाडौं, चैत ३ : नेपाल सरकारका पूर्वसचिव शम्भु कोरालाद्वारा लिखित ‘नमागिएको सल्लाह’ नामक पुस्तक लोकार्पण गरिएको छ।

काठमाडौंमा आयोजित कार्यक्रमबीच वरिष्ठ पत्रकार पुरुषेत्तम दाहाललगायतले पुस्तक लोकार्पण गरे।

Hardik ivf

कार्यक्रममा वरिष्ठ पत्रकार पुरुषेत्तम दाहालले नमागिएको सल्लाह पुस्तक नेपालको प्रशासनिक संयन्त्र, राजनीति तथा आर्थिक आलेखको संग्रह भएको उल्लेख गरे। उनले पूर्व प्रशासकहरुले आफूले पदमा रहँदा गरेका कार्यहरुको आत्म समीक्षा गर्नुपर्ने समेत बताए।

कोइरालाको नमागिएको सल्लाह नामक पुस्तकका लेखकको अनुभवको मात्र संग्रह नभई नेपालको प्रशासनिक, राजनीतिक, आर्थिक विचारहरुको समेत संग्रह भएको दाहालको भनाई थियो।

यस्तै, लेखक शम्भु कोइरालाले पुस्तकमा आफू नेपाल सरकारको सचिवमा रहँदा संगालेका अनुभवहरु र सुभावहरु समेत समेटिएको बताए।

प्रकाशित मिति: ०७:३१ बजे, शनिबार, चैत ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्