Kathmandu Press

कार्यसम्पादनमा ढिलासुस्ती गर्ने कर्मचारीलाई दण्डित गरिन्छ : मन्त्री बुढा

सो अवसरमा मन्त्री बुढाले चालु आर्थिक वर्षको अन्तिम चरणमा लक्ष्यअनुसार कार्ययोजनाअनुसार प्रगति हासिल गर्नुपर्ने भएकाले सबैले आ–आफ्नो भूमिकालाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।
कार्यसम्पादनमा ढिलासुस्ती गर्ने कर्मचारीलाई दण्डित गरिन्छ : मन्त्री बुढा

काठमाडौं, चैत ३ : सहरी विकासमन्त्री धनबहादुर बुढाले मन्त्रालयअन्तर्गतको सहरी विकास तथा भवन निर्माण विभागको निरीक्षण गरेका छन्।

सो अवसरमा मन्त्री बुढाले चालु आर्थिक वर्षको अन्तिम चरणमा लक्ष्यअनुसार कार्ययोजनाअनुसार प्रगति हासिल गर्नुपर्ने भएकाले सबैले आ–आफ्नो भूमिकालाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।

Hardik ivf

कर्मचारीलाई कार्यसम्पादनका क्रममा लोभमा नफस्न निर्देशन दिँदै उनले मन्त्रालय मातहत जनसरोकारका कार्यलाई छिटोछरितो सम्पन्न गर्नुपर्ने बताए। मन्त्री बुढाले पदीय जिम्मेवारीअनुसार कार्यसम्पादनमा ढिलासुस्ती गर्ने कर्मचारीलाई दण्डित गर्ने प्रतिबद्धता व्यक्त गरे।

सहरी विकास मन्त्रलायको पदभारपछि पहिलोपटक विभागको निरीक्षणका क्रममा विभागका महानिर्देशक कुमारप्रसाद घिमिरेले विभागबाट सम्पादित कार्यक्रमबारे मन्त्री बुढालाई जानकारी गराएका थिए।

प्रकाशित मिति: ०७:१६ बजे, शनिबार, चैत ३, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्