Kathmandu Press

लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने चारजना पक्राउ

लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने चारजना पक्राउ
Hardik ivf

काठमाडौं, चैत ३ : काठमाडौंको नागढुङ्गाबाट लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका चार जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।
 
शुक्रबार बा३च ८८२ नम्बरका एम्बुलेन्स चालक दोलखाको कालिन्चोक गाउँपालिका ३का २५ वर्षीय सागर दर्जी, प्रदेश १–०१–००१ ख ४३४० नम्बरका बसका चालक सुनसरीको धरान उपमहानगरपालिका १५ का ४३ वर्षीय भोला चिमरिया, बागमती प्रदेश ०३ ००१ ख १९९५ नम्बरका ट्रक चालक काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका १० का २४ वर्षीय प्रविण ठकुरी र ना७ख ९५८२ नम्बरका ट्रक चालक मकवानपुरको थाहा नगरपालिका १० का २५ वर्षीय निलकण्ठ थापालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
 
नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुङगाको संयुक्त टोलीले चेक गर्दा लागुपदार्थ सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा फेला परेका उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि प्रहरी वृत्त थानकोट पठाइएको छ।

प्रकाशित मिति: ०६:५५ बजे, शनिबार, चैत ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्