Kathmandu Press

४० देशका २५० सहरमा ‘महाजात्रा’

विदेशमा प्रदर्शनका लागि वितरण गरिरहेको एमएसएम इन्टरटेन्मेन्टस र यसका साझेदार कम्पनीले यसलाई भव्य रिलिज गर्दैछन्।
४० देशका २५० सहरमा ‘महाजात्रा’

काठमाडौं, चैत २ : चैत ९ गतेबाट रिलिज हुने फिल्म ‘महाजात्रा’ नेपालसहित विश्वका ४० देशका २५० सहरमा एकसाथ प्रदर्शन हुने भएको छ। षट्कोण आर्टसले निर्माण गरेको ‘जात्रा’ शृंखलाको तेस्रो सिरिज ‘महाजात्रा’को यो अहिलेसम्मकै ठूलो रिलिज हो।

विदेशमा प्रदर्शनका लागि वितरण गरिरहेको एमएसएम इन्टरटेन्मेन्टस र यसका साझेदार कम्पनीले यसलाई भव्य रिलिज गर्दैछन्।

Hardik ivf

कम्पनीका अनुसार संयुक्त राज्य अमेरिका र क्यानाडामा नाम्लो इभेन्ट्स र कोसेली कोलोराडो, मिडलइस्ट अन्तर्गतका देशमा कन्सेप्ट भिजन र सुप्रिम फिल्म प्रोडक्सन एण्ड डिस्ट्रिव्युसन, युरोप अन्तर्गतका देशमा एनएमटी डेनमार्क, जापानमा आन्वी इन्टरटेनमेन्ट्स, कोरियामा विशाल आवाज मल्टिमिडिया प्राली, न्युजिल्यान्डमा लाखे इभेन्ट्स र अष्ट्रेलियामा स्वयम् एमएसएम इन्टरटेनमेन्टस् र रोटे पिङले फिल्मलाई वितरण र प्रदर्शन गर्दैछ।

यसका साथै, बेलायतमा रेगुलर वक्सअफिसमा प्रदर्शन हुने ‘महाजात्रा’ साउदी अरेबियामा प्रदर्शन हुने पहिलो नेपाली फिल्म बन्दैछ। एमएसएम इन्टरटेन्मेन्टस् र मध्यपूर्व देशका वितरक कन्सेप्ट भिजन र सुप्रिम फिल्म प्रोडक्सन एण्ड डिस्ट्रिव्युसनको प्रयासले साउदी अरेबियामा पहिलोपटक नेपाली फिल्मको रुपमा ‘महाजात्रा’ प्रदर्शन हुँदैछ।

फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अरविन खड्का, प्रकाश घिमिरे, राजाराम पौडेल, दिव्य देव, गौमाया गुरुङको अभिनय छ।

फिल्मले तीन पात्रले पैसालाई लुकाउन खोज्दा विभिन्न परिस्थितिलाई रोचक किसिमले प्रस्तुत गरेको छ।

 

प्रकाशित मिति: १९:०९ बजे, शुक्रबार, चैत २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्